सिन्धुली । शैलुङ स्प्रिङ वाटर उद्योग रामेछापको पिउने पानी लेबल बिना बजारमा पठाईएको पाईएको छ । जिल्ला प्रशासन कार्यालय रामेछाप, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुली, उद्योग वाणिज्य संघ रामेछापको संयुक्त अनुगमन टोलीले सोमबार गरेको अनुगमनमा लेवल विनाको पानी बजारमा पठाईएको पाईएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका सूचना अधिकारी विक्रम श्रेष्ठले बताएका छन ।
पानीको एक लिटरका बोतल बिना लेवल बजारमा भेटिएको अनुगमन टोलीले दुई दिन भित्र अर्थात बुधबारसम्म सबै पानीका बोतल फिर्ता गर्न आग्रह समेत गरेको छ ।
पानीको उक्त उद्योगलाई शिल गरि १५ दिनभित्र उत्पादनमा सुधार ल्याउन समेत अनुगमन टोलीले सुझाव दिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख पुष्पलाल राईले बताए ।
यस्तै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले सार्वजनिक सूचना जारी गर्दै उक्त उद्योगबाट उत्पादित पानी प्रयोग नगर्न समेत आग्रह गरेको छ ।





















