सिन्धुली । दलित युवाहरुका लागि दश दिने ग्रिल निर्माण सम्बन्धि तालिम आइतबारबाट सिन्धुलीमाढीमा सुरु गरिएको छ । दलित सेवा संघ सिन्धुलीको आयोजना तथा कमलामाई नगरपालिकाको सहयोगमा दश दिने तालिम सुरु गरिएको हो ।
दलित समुदायका लागि सिप विकास गर्ने उद्देश्यकका साथ तालिम सुरु गरिएको संघले जनाएको छ । तालिममा कमलामाई नगरपालिकाका १४ वटै वडाका २४ जना दलित युवाहरुको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन कमलामाई नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले गरेकी छिन । तालिमको उद्घाटन गर्दै उपप्रमुख देवकोटाले तालिमले सहभागिहरुलाई स्वरोजगार बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिन । उनले तालिमलाई व्यवहारमा उतारी व्यवसाय गर्न र आयआर्जनमा जोडिन सहभागिहरुलाई आग्रह समेत गरिन ।
दलित सेवा संघ सिन्धुलीका अध्यक्ष हेमलाल वि.क.को अध्यक्षतामा भएको कार्यक्रममा नगरपालिकाको सामाजिक विकास शाखा प्रमुख तुलसी प्रसाद कोइराला, नगर कार्यपालिका सदस्य उमा विश्वकर्मा, दलित सेवा संघका पूर्व अध्यक्ष विरबहादुर दुलालले शुभकामना व्यक्त गरेका थिए । मन्तव्य राख्नु भएको छ ।





















