सिन्धुली । नेपाल पत्रकार महासंघ सिन्धुलीका संस्थापक अध्यक्ष शेषराज दाहाल प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट सम्मानित भएका छन । महासंघको २७ औं केन्द्रीय महाधिवेशन तथा विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुक्रबार काठमान्डौमा दाहाल सम्मानित भएका हुन ।
केन्द्रीय कमिटीको विहिबार बसेको बैठकले दाहाललाई सम्मान गर्ने निर्णय गरेको थियो । दाहालको सम्मान दाहालका पुत्र पत्रकार सञ्जय कुमार दाहालले ग्रहण गरेका छन ।
नेपाली पत्रकारीता क्षेत्रमा योगदान दिएको साथै स्वतन्त्र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनमा खेलेको भूमिकाको प्रशंसा गर्दै सम्मान गरिएको हो ।





















