सिन्धुली । गोलन्जोर गाउँपालिका ३ धेद्रेमा जंगलको आगो गाउँमा पस्दा राम बहादुर दर्लामी मगरको घर र गोठ जलेको छ । मंगलबार दिउँसो मगरको जस्ता छानो भएको घर र स्याउलाको छाना भएको गोठ जलेर नष्ट भएको छ ।
आगलागीबाट घर जल्दा अन्नपात, घरका भाँडाकुँडा, लुगालत्ता सबै जलेको स्थानीय तथा रेडक्रसकर्मी गौरव कार्कीले बताए । उनका अनुसार जंगलमा भिषण आगलागी हुदा गोलञ्जोर ३ का तीनवटा वस्ती जोखिममा परेका छन । गोलञ्जोर ३ का धेद्रे, सुदामे र सान्ने उच्च जोखिममा रहेको कार्कीले बताए ।
आगलागी भएसँगै वस्ती जोगाउन र आगो नियन्त्रण गर्नका लागि इलाका प्रहरी कार्यालय खुर्कोट, सशस्त्र विपत वेस खुर्कोट, गोलन्जोर गाउँपालिकाको विपद व्यवस्थापन टिम, रेडक्रस लगाएतको टोली उद्धारमा जुटेको छ । आगलागीबाट घर जलेका मगरको परिवारलाई गोलञ्जोर गाउँपालिकाबाट तत्कालका लागि खाद्यान्न समेत गरिएको छ ।





















