सिन्धुली । नेपाल कम्युनिष्ट पार्टीको ७५ औं स्थापना वर्ष (हिरक वर्ष) का अवसरमा नेकपा एमाले सिन्धुलीले दीप प्रज्वलन गरेको छ । सोमबार नेकपा एमाले सिन्धुलीको पार्टी कार्यालयको प्रांगणमा दीप प्रज्वलन गरि स्थापना दिवस मनाएको हो ।
नेकपा एमाले सिन्धुलीको आयोजनामा गरिएको दीप प्रज्वलनमा नेकपा एमालेका बागमति प्रदेश कमिटी सदस्यद्वय प्रलाद कुमार पोखरेल, मञ्जु देवकोटाले दीप प्रज्वलनको सुरुवात गरे ।
दीप प्रज्वलनमा नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । नेकपा एमालेले देशभर विभिन्न कार्यक्रम गरि कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाएको छ । नेकपाको स्थापना २००६ साल बैशाख १० गते भएको थियो ।
कार्यक्रमको अवसरमा नेकपाको स्थापना गर्ने नेताहरुको योगदानको स्मरण गरिएको थियो ।





















