सिन्धुली । बाग्मति प्रदेश सरकारले जिल्लाका २ सय १३ विपन्न परिवारलाई फाईबरको सिरक वितरण गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार कमलामाई नगरपालिका वडा नं.१ कोप्चेका १२० घर परिवार हायु र घ्याङ्लेख गाउँपालिका वडा नं. २ वस्तीपुरमा रहेका ९३ घरपरिवार थामी जातिलाई सिरक वितरण गरेको हो ।
कमलामाई नगरपालिकामा कमलामाई नगरपालिकासँगको समन्वयमा र घ्याङलेख गाउँपालिकामा घ्याङलेख गाउँपालिकासँगको समन्वयमा सिरक वितरण गरिएको मन्त्रालयले जनाएको छ ।
बागमति प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले विपन्न परिवारलाई घरमै पुगेर सिरक वितरण गरेका हुन ।
मन्त्रालयले १ परिवारलाई दुईवटाका दरले सिरक वितरण गरिएको जनाएको छ । दुई स्थानमा गरि ४ सय २६ वटा फाईवर सिरक वितरण गरिएको आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठको सचिवालयले जनाएको छ ।





















