सिन्धुली । बसको ठक्करबाट विहिबार एक महिलाको ज्यान गएको छ । मदनभण्डारी राजमार्गको दुधौली कटारी सडक खण्ड अन्तर्गतको दुधौली नगरपालिका वडा नं. ४ एकहटियामा बसले ठक्कर दिंदा पैदल यात्रु महिलाको मृत्यु भएको हो ।
सडक पार गर्ने क्रममा काठमान्डौबाट कटारी तर्फ जाँदै गरेको प्रदेश २–०३–००१ख७१२५ नम्बरको बसले ठक्कर दिंदा करिव ५०,५५ वर्षकी महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
महिलाको पहिचान खुल्न सकेको छैन । बसको ठक्करबाट गम्भिर घाईते महिलालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौलीमा लाँदै गर्दा मृत्यु भएको हो । बसका चालक र वस प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।




















