सिन्धुली । फिक्कल गाउँपालिका सिन्धुलीले गाउँपालिकाको समन्वय विना सामाजिक संघसंस्था तथा व्यक्तिलाई राहत वितरण गर्न नदिने भएको छ ।

गाउँपालिकाले बुधबार सबै वडा कार्यालयलाई पत्राचार गरि गाउँपालिका मार्फत आउने संघ संस्थालाई मात्र राहत वितरण गर्न दिन निर्देशन समेत गरेको छ ।
सबै वडा कार्यालयहरुलाई पत्राचार गरि आफु खुशी राहत बाँडेर संघसंस्थाले विवाद सृजना गरेको भन्दै आफुखुशी राहत बाँड्न नदिन गाउँपालिका अध्यक्ष धन बहादुर कार्कीले निर्देशन गरेका हुन ।




















