सिन्धुली । घ्याङलेख गाउँपालिकाले विपदमा परेकालाई आर्थिक सहयोग गरेको छ । अग्नीपीडित एकजना र हावाहुरीका कारण पीडित बनेका एकजना गरि २ जनालाई गाउँपालिकाले आर्थिक सहयोग गरेको हो ।

यस्तै हावाहुरी पीडित बुद्धिबहादुर कामीलाई पनि गाउँपालिकाले पाँच हजार रुपियाँ आर्थिक सहयोग गरेको छ । जेठ १४ गते बेलुका ५ बजे आएको हुरीले कामीको घरको जस्तापाता उडाएको थियो ।
घ्याङ्लेख गाउँपालिका अध्यक्ष जगतबहादुर भोलनले बुधबार दुवै जनालाई राहत स्वरुप नगद हस्तान्तरण गरेका छन ।




















