सिन्धुली । बैदेशिक रोजगारबाट फर्केका हरिहरपुरगढी गाउँपालिकाका ५ जनाको आरटिपिसिआर परिक्षण रिपोर्ट नेगेटिभ अर्थात कोरोना भाइरस नभएको आएको छ ।
एकहप्ता अघि परिक्षणका लागि सिन्धुली अस्पतालले स्वाव संकलन गरि हेटौडा पठाईएकोमा आइतबार मात्र उनीहरुको परिक्षण रिपोर्ट आएको सिन्धुली अस्पतालका कोभिड १९ फोकल पर्सन डा. प्रसन्न राजभण्डारीले बताए ।
उनका अनुसार हालसम्म सिन्धुलीमा १३ जनाका पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको छ । जसमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको छ ।




















