सिन्धुली । कमलामाई नगरपालिकाले जिल्ला बाहिरबाट तरकारी तथा फलफूल आयात नगर्न सबै व्यवसायीलाई अनुरोध गरेको छ । लिखित सार्वजनिक अनुरोध जारी गर्दै नगरपालिकाले रोकको संक्रमण बढ्न सक्ने भएकाले जिल्ला बाहिरबाट तरकारी तथा फलपूmल खरिद नगर्न र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न व्यवसायीहरुलाई अनुरोध गरेको हो ।

कमलामाई नगरपालिकाले नगर उपप्रमुख मञ्जु देवकोटा, स्थानीय जनप्रतिनिधिहरु, स्थानीय प्रशासन, प्रहरी उद्योग वाणिज्य संघका प्रतिनिधि, पत्रकार लगाएतको उपस्थितिमा चैत २७ र २८ गते गरेको बजारको अनुगमनपछि नगरपालिकाले व्यवासायीहरुलाई व्यवसाय सुधारका लागि उक्त अनुरोध गरेको जनाएको छ ।
उक्त अनुरोधमा नगरपालिकाले गरेको अनुरोध नमानी अखाद्य पदार्थ विक्री वितरण गरेको तथा बढी मुल्यमा सामान विक्री गरेको पाईएमा कारवाहि गरिने समेत चेतावनी दिएको छ ।
अनुगमनमा नगरपालिकाले बढी मुल्यमा सामान विक्री गरेको, म्याद गुज्रिएका खाद्य पदार्थ र कुहिएका फलफूल, तरकारी विक्री वितरण गरेको पाईएको जनाएको थियो ।




















