सिन्धुली । सिन्धुली जिल्लाको विपद व्यवस्थापनलाई मध्येनजर गर्दै नेपाली सेनाले नाईट भिजन हेलिप्याड निर्माण गरेको छ । कमलामाई नगरपालिका सिन्धुलीको ६ लाख ५० हजार सहयोग र बर्दबहादुर गणको श्रम गरि २२ लाख लागतमा उक्त हेलिप्याड निर्माण गरिएको हो । कमलामाई नगरपालिका वडा नं. ६ मा रहेको श्री नं. ९ बाहिनीभित्रको प्रांगणमा उक्त हेलिप्याड निर्माण गरिएको हो ।

सिन्धुली जिल्ला र आसपासमा बिपदको समयमा उद्धार तथा मौसम प्रतिकुलताको समयमा सैनिक तथा गैर सैनिकले पनि अवतरण गर्न मिल्ने गरि हेलिप्याड निर्माण गरिएको बर्द बहादुर गणका गणपति राजीव थापाले बताए । निकट भविष्यमा नै सम्बन्धित निकायलाई पत्राचार गरि परिक्षण उडान गरिने उनले बताए ।
कार्यक्रममा हेलिप्याड निर्माणमा आर्थिक तथा अन्य सहयोग गर्ने कमलामाई नगरपालिका सिन्धुली र वर्दबहादुर गणलाई प्रशंशा पत्र समेत प्रदान गरिएको थियो ।




















