सिन्धुली ।नेकपा (विप्लव) समुहका जिल्ला ईन्चार्ज बर्त बहादुर राई (शशी) लाई प्रहरीले विहिबार पक्राउ गरेको छ ।

हरिहरपुरगढी–२ बफरमा रहेको उनकै घरबाट उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
राईलाई जिल्ला प्रहरी कार्यालय सिन्धुली र ईलाका प्रहरी कार्यालय कपिलाकोटको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्र बहादुर सिंहले बताए । राईलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको हिरासतमा राखिएको छ ।
विभिन्न घटनामा संलग्न भएको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको सिंहले बताए ।




















