सिन्धुली । शुक्रबार विहान सिन्धुलीबाट काठमान्डौतर्फ जाँदै गरेको ना १ ज ५३०१ नम्बरको विनर गोलञ्जोर गाउँपालिका वडा नं. ५ को छव्विसमा दुर्घटना ११ जना घाइते भएका छन । विपी राजमार्गको सिन्धुली खुर्कोट अन्तर्गतको छव्विसमा सडकको मोड काट्न नसकेका कारण सडक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घाइते ११ मध्ये दुई जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं पठाइएको छ । अरुको खुर्कोटका स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्र बहादुर सिंहले बताए । गम्भीर घाइते कमलामाई नगरपालिका–४ का ३४ वर्षीया सैलिना श्रेष्ठ र उनका ८ वर्षीय छोरा युवनलाई सिन्धुली अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि हेलिकोप्टर मार्फत काठमान्डौ लगिएको छ ।
दुर्घटनामा परी सिन्धुली घाइते भएका कमलामाई नगरपालिका ३ का २५ वर्षिय नवराज बम्जन, कमलामाई नगरपालिका ५ रानीखोलाका ४० वर्षीया खिलमाया गुरुङ छातीमा चोट लागेकाले उपचारका लागि धुलिखेल पठाइएको छ ।




















