• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, July 29, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

मासु पसल व्यवस्थापनमा सरकारी वेवास्ता

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
चैत्र १३, २०७५
in Featured, Health
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । विगत २६ वर्षदेखि खसीको मासु काट्दै आएका उक्त पसलका मासु व्यापारी रामचन्द्र खड्गी मासु पसलको व्यवस्थापन सरकारी निकायको चासोको विषय नबनेको अनुभव सुनाउँछन । उनले जिल्लामा सबै मासु पसलले खुला रुपमा मासु बेच्ने गरेको बताउँदै समान्य मापदण्ड समेत पुरा गर्न ध्यान नदिनुको कारण सरकारी लापरवाहि नै भएको बताउँछन । मासु काट्दाका सुरुका दिन र हालका दिन सम्झदै भन्छन, ‘पहिले स्याउलामाथि खसी काट्थें, त्यसपछि प्लाष्टिकमा राखेर काट्न थाल्यौं, अहिले मासु काट्ने ठाउँ प्लाष्टर गरेको छु । सुधार त हुदैछ तर कसरी गर्ने सिक्न पाएको छैन ।’ उनले जिल्ला प्रशासन कार्यालय सिन्धुली र कमलामाई नगरपालिका सिन्धुलीको सहकार्यमा हुराडेक दोलखाको आयोजनामा मंगलबार सिन्धुलीमाढीमा भएको मासु वजार व्यवस्थापनमा सरोकारवाला निकायको भुमिका विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन


उनले विगतमा सरकारी निकायको कामलाई पनि मासु पसलको व्यवस्थापन नहुनुमा कमजोरी ठान्छन । मासु पसल र व्यवस्थित वधशाला निर्माणका लागि पशु सेवा कार्यालयले कमलामाई नगरपालिकासँग जग्गा व्यवस्थापनका लागि २०५६ देखि २०६१ सम्म पहल गरेको उनले बताए । ‘नगरपालिकाले नै त्यसलाई वेवास्ता ग¥यो हालसम्म पनि उस्तै हालत छ’ उनले भने । उनका अनुसार ‘त्यतिबेला पशुसेवा कार्यालयले खसीको जाँच गथ्र्यो, मासुको जाँच गथ्र्यो तर अहिले न त खसीको जाँच हुन्छ नत मासुको नै’ । केहि समय भएको जाँचले त्यति निरन्तरता पाउन नसकेको पनि उनको अनुभव छ । २०६१ साल पछि मासुजाँच हुन छोडेको खड्गीले बताए । दवाव र प्रभावले खसी जाँच हुनै छोड्यो, खसी जाँच्न जानेलाई पनि ठिक छ भनेर लेखेर मात्र पठाउन कार्यालयले थालेपछि मासु तथा पशुपंक्षि जाँच नै हराएको उनले बताए ।


धुरा बजार जाने पुलको छेउँमा खसी काट्ने प्रेम श्रेष्ठ नेवार खुला ठाउँमा खोला र सडकको छेउँमा खसी काट्छन । उनले खसी भए काट्ने नभए नकाट्ने गर्दै आएका छन । उनको व्यवसाय दर्ता गरिएको छैन । भन्छन, हामीलाई मुल्य व्यवस्थापनमा समस्या छ । उनको पसल जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गरिएको अनुगमन प्रतिवेदनले अत्यधिक अव्यवस्थित पसलमा गणना गरेको थियो ।
यस्तै उनको व्यवसाय हालसम्म पनि कमलामाई नगरपालिकामा दर्ता छैन । उद्योग वाणिज्य संघ सिन्धुलीमा दर्ता भएको उनको पसलले नगरपालिकालाई कर भने तिरीरहेको छ । तर मासु पसल र बधशाला व्यवस्थित नहुदा समस्या भएको भन्दै त्यसको व्यवस्थापनमा सरकारले ध्यान दिनुपर्ने उनको माग छ ।
सिन्धुलीका मासु पसल मध्ये व्यवस्थित देखिने हरि मासु पसल पनि पहिलेको तुलनामा सरसफाईमा सुधार भएको पसल सञ्चालक हरि नेवा खड्गीको दावी छ । उनले पनि काट्ने र बेच्ने स्थान छुट्टा छुट्टै भए पनि मापदण्ड मिलेको छैन भन्नेमा ढुक्क छन । यस्तै शान्तीनगरको राँगाको मासु बेच्ने पसल ठेट मासु पसलका बुद्ध छिमीको पनि मासु काट्ने र बेच्ने ठाउँ फरक छ तर मापदण्ड पुरा गरेको वा नगरेको बारे उनी आफै अन्यौलमा छिन । उनले राँगा काट्दा आउने फोहोर व्यवस्थापनमा समस्या हुदै आएको बताईन ।
स्थानीय तहमा समायोजन हुनुपूर्व जिल्ला पशु सेवा कार्यालयमा कार्यरत रहेका र हाल कमलामाई नगरपालिका सिन्धुलीको पशु विकास शाखामा कार्यरत हरिहर लामिछानेले पनि पहिले पशु जाँच भएर मात्र मासु काटिने गरेकोमा पछिल्लो समय त्यस्तो हुन नसकेको बताउँछन । उनका अनुसार ‘जिल्ला बाहिर जाने पशुपंक्षिहरुको जाँच गरेरै पठाइन्थ्यो ।’ उनी भन्छन, ‘व्यवसायीहरुले खसी डो¥याएर ल्याउँथे, जाचिन्थ्यो, मिलाई दिन भन्दै दवाव आउन थालेपछि वेवास्ता गरिएको हो ।’
नागरिक समाजका अगुवा नानीबाबु घिमिरेले मासु व्यवसायीहरुले पशुपंक्षि बध, मासु पसलका सामान्य सरसफाई तथा अन्य व्यवस्थापन जस्ता कुराहरु समेत नभएकाले उपभोक्ताहरुले अस्वस्थकर मासु खान बाध्य भएको बताए ।
सिन्धुलीकी सहायक प्रमुख जिल्ला अधिकारी विजया प्रसाईले सिन्धुलीमाढीका शनिबारे हाट, बुधबारे हाट, धुराबजार र मधुटारको पुलको छेउँमा भएका पसलहरुलाई कारवाहिको दायरामा ल्याउनुपर्ने भएको बताईन । कानुनको नजरमा अपराध क्षम्य नहुने भन्दै उनले मानवीय स्वास्थ्य र उपभोक्ताको अधिकारमा खेलवाड नगर्न आग्रह गरिन । उनले स्थानीय सरकारले बजेट छुट्याएर व्यवस्थापनमा काम गर्नुपर्नेमा जोड दिईन । खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख प्रेम अर्यालले मासु पसलको अनुगमन नगरिने तर यसवारे तालिम दिन सकिने बताए । उनले खाद्यले दाना तथा माछामा फर्मालिन केमिकल प्रयोग गरिए नगरिएको अनुगमन गर्न सक्ने बताए ।
कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले ग्रेडिङ गरेको मासु बेच्न व्यवसायीलाई आग्रह गरेका छन । उनले कमलामाई नगरपालिकाले व्यवस्थित बधशाला र मासु बजारको निर्माणका लागि नगरपालिकाले आगामी नीति तथा कार्यक्रममा व्यवस्था गरेर काम अगाडि बढाउने बताए । उनले सामान्य गर्न सकिने काम तत्काल गर्न व्यवसायीहरु पनि जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

कलाघरलाई मास्केको सहयोग

Next Post

मानव स्वास्थ्य, उपभोक्ता हक, मासु बजार व्यवस्थापनमा सरोकारवालाको भूमिका

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied