सिन्धुली । सिन्धुलीमाढीको २ नं बजारमा निर्माण हुदै गरेको कलाघरलाई सिद्धवावा बोर्डिङ स्कुलका प्रिन्सिपल राजेश मास्केले मंगलबार २१ हजार १ सय रुपैंया सहयोग गरेका छन । कला र कलाकारको सम्मान स्वरुप उनले निर्माण स्थलमै पुगि सहयोग गरेका हुन ।
उनले आफ्नो वैवाहिक वर्षगाँठको अवसरमा कलाघरलाई सहयोग गरेको कलाघर निर्माणका संयोजक सुमन थापा मगरले बताए । मास्केको सहयोगले आफुहरुलाई थप हौसला मिलेको पनि थापाले बताए ।
कलाघरलाई नयाँ वर्षको गन्तव्य बनाउने गरि कलाकारहरुले काम गरिरहेका छन ।





















