सिन्धुली । गोलञ्जोर गाउँपालिका वडा नं. ६ को गैरीगाउँमा बलेनी सामुदायिक वनमा लागेको आगो गाउँमा पस्दा चार घर र एक गोठ जलेर नष्ट भएको छ ।
मंगलबार साँझ गाउँमा आगो पसेको थियो । आगलागीबाट वेद कोईरालाको बसोबास रहेको एक घर र १ गोठ जलेको छ । घर गोठ पूर्ण रुपमा जल्दा ७ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट सोहि गाउँका इन्द्रलाल श्रेष्ठको खरले छाएको ढुंगा माटोले बनेको घर जलेको छ । उक्त घर जल्ला ४ लाख बराबरको क्षती भएको आँकलन गरिएको छ । यसैगरि सोहि गाउँका तिलक लाल श्रेष्ठका २ तले दुई वटा घर जलेको छ ।
आगलागीबाट घरमा पूर्ण रुपमा क्षती पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी अनिल कुमार खड्काका अनुसार आगलागीबाट तिलकलाल श्रेष्ठको ८ लाख पचास हजार बराबरको क्षती भएको छ ।
खड्काका अनुसार गैरीगाउँमा भएको आगलागीबाट १९ लाख पचास हजार बराबरको क्षती भएको प्रारम्भिक अनुमान गरिएको खड्काले बताए ।




















