सिन्धुली । नेकपा एमालेका नेता एवम् समाजसेवी महेन्द्रदेव श्रेष्ठले स्वर्गिय वुवा मदनदेव श्रेष्ठको स्मृतिमा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन । कमलामाई नगरपालिका वडा नं. ७ का स्थायी बासिन्दा श्रेष्ठ र उनको परिवारले स्वर्गिय बुवाको बार्षिक तिथिमा सिद्धवावा मावि कनपा ६, पानीट्यांकीमा अक्षयकोष स्थापना गरेका हुन ।
श्रेष्ठले बुवाको स्मृतिमा गरिब जेहन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने गरि अक्षयकोष स्थापना गरेको बताए । उनका अनुसार कक्षा १ देखि कक्षा १२ सम्मका गरिब जेहेन्दार विद्यार्थीलाई बार्षिक रुपमा स्व.मदनदेव स्मृति छात्रवृति प्रदान गरिने छ ।
कनपा ६ का वडा अध्यक्ष एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उज्जल थापालाई श्रेष्ठले अक्षयकोषका लागि १ लाख २ हजार रकम हस्तान्तरण गरेका छन ।
२०७९ को स्थानीय निर्वाचनमा कमलामाई नगरपालिकाका मेयरका प्रतिस्पर्धी समेत रहेका महेन्द्रदेवले विद्यालयको वार्षिक उत्सवका अवसरमा उक्त छात्रवृति प्रदान गर्ने गरि अक्षयकोष स्थापना गरिएको बताए । मूल धन नचलाउने गरि प्राप्त व्याजबाट छात्रवृति प्रदान गरिने छ । अक्षय कोषको तर्फबाट महेन्द्रदेव श्रेष्ठ र विद्यालयका प्रधानाध्यापकको संयुक्त खाता रहने समेत सहमति भएको छ ।
उक्त अक्षयकोषलाई पाँचलाखसम्म पु¥याउने लक्ष्य राखिएको श्रेष्ठले बताए । सहकार्य बचत तथा ऋण सहकारी संस्थामा मुद्दति खातामा १३ दशमलब ७५ प्रतिशत व्याजदरमा उक्त रकम राखिने र अक्षय कोषलाई जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा विधिवत दर्ता गरिने विद्यालय र श्रेष्ठ परिवारको सम्झौता भएको छ ।
स्वर्गिय मदनदेव श्रेष्ठ जिल्ला प्रशासनका पूर्व कर्मचारी हुन भने समाजसेवी समेत हुन । उनका चार छोराहरु मुरारीदेव, महादेव, महेन्द्रदेव, विनोददेव, दुई छोरीहरु मधुकुमारी, मञ्जु कुमारी, श्रीमति खरिदेवी, बुहारीहरु रेणुका, रिता, सरिता लगाएत रहेका छन । परिवारका सबै सदस्यहरुको उपस्थितिमा विद्यालयमा पुगेर अक्षय कोष स्थापना गरिएको छ ।





















