सिन्धुली । सहिद ऋषिराज देवकोटा (आजाद) स्मृति फुटवल प्रतियोगिता बुधबारबाट कमलामाई नगरपालिका वडा नं. ९ भिमानमा सुरु भएको छ ।
इनारपानी युवा क्लब भिमानको आयोजना तथा कमलामाई नगरपालिका सिन्धुलीको प्रायोजनमा फुटवल प्रतियोगिता सुरु भएको हो ।
कमलामाई नगरपालिकाको सहयोगमा आजादको स्मृतिमा भएको यो चौथो फुटबल प्रतियोगिता हो ।
प्रतियोगिताको उद्घाटन सहिद आजादका परिवार तथा कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटाले गरेकी छिन ।
आयोजक इनारपानी युवा क्लब ए र प्रहरी तालिम केन्द्र दुधौलीबीच पहिलो खेल भएको छ । उद्घाटन खेलमा प्रहरी तालिम केन्द्र दुधौलीले इनारपानी युवा क्लब (ए) लाई ३–१ गोलले पराजित गरेको छ ।
जनजागृति मावि भिमानको खेल मैदानमा भएको फुटबल प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । खेल कार्तिक २५ गतेसम्म चल्ने आयोजकले जनाएको छ । विहिबार दिउँसो २ बजे व्लुअल्पाईन क्लब सिन्धुली र चुरे चाँदनी युवा क्लब चुरे धनुषाबीच खेल हुने छ ।





















