सिन्धुली । नेकपा एमालेको बाग्मति प्रदेशको अधिवेशन जारी छ । अधिवेशनमा सर्वसम्मत बनाउने प्रयासका बाबजुद पदाधिकारी लगाएत केहि सदस्य पदमा समेत निर्वाचन भईरहेको छ । सिन्धुलीबाट पाँच जना महिला सहित १४ जना सदस्य निर्विरोध निर्वाचित भएका छन । सिन्धुलीका विभिन्न कलस्टरबाट निर्वाचित भएका हुन ।
दलित बाहेक जिल्लाका सबै कलस्टर निर्विरोध भएका छन । जिल्ला भुगोलबाट प्रदीप कटुवाल, विनोद कुमार खड्का, हिरा लामा र भरत पोखरेल निर्वाचित भएका छन ।
निर्वाचन क्षेत्र नं. १ बाट शान्तीमान कार्की, प्रलाद कुमार पोखरेल, मञ्जु देवकोटा निर्वाचित भएका छन । यस्तै निर्वाचन क्षेत्र नं. २ बाट कौशल कोइराला, गोविन्दलाल माझी, रमा शर्मा निर्वाचित भएका छन ।
यस्तै जिल्ला महिलाबाट सुकुमाया तामाङ, रस्मिला देवकोटा, डोरकुमारी कार्की निर्वाचित भएका छन । युवाबाट पुष्पराज श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन । दलित कलस्टरको एक सदस्यमा दुईजनाको उमेदवारी रहेको छ । रामबहादुर विश्वकर्मा र निर्मल कुमार रम्तेल प्रतिस्पर्धामा रहेका छन ।
यस्तै जिल्लाले एक पदाधिकारीको समेत दावी गरेको छ । खड्ग बहादुर खत्रीले उपसचिवमा उमेदवारी दिएका छन । शुक्रबार १ बजेदेखि निर्वाचन प्रक्रिया जारी रहेको छ । एमाले बाग्मति प्रदेशको अधिवेशनमा २४५ मा १६२ पद निर्विरोध भईसकेको छ । पदाधिकारीमा निर्विरोध हुन सकेको छैन ।





















