• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 21, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

सिन्धुली अस्पतालका सबै सेवा बन्द, डाक्टरहरुले गरे सुरक्षाको माग

बिमला पाण्डे by बिमला पाण्डे
जेष्ठ १०, २०८०
in Featured, Health, Life, News, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सिन्धुली अस्पतालको आकस्मिक सहितका सेवा बन्द भएका छन । अस्पतालमा भर्ना रहेका विरामीको डिस्चार्ज गरि स्वास्थ्यकर्मीहरुले अस्पतालका सबै सेवा वन्द गराएका छन । सिन्धुली अस्पतालमा मंगलबार राती भएको तोडफोड, भौतिक क्षती र डाक्टर, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि समेत भएको आक्रमण प्रयासपछि स्वास्थ्यकर्मीहरुले अस्पतालका सबै सेवा बन्द गराएका हुन ।

कनपा ५ सिलामेकी २६ वर्षकी गंगा गुरुङ श्रेष्ठको अस्पतालमा सुत्केरी हुन नसकेपछि रिफर गरेकोमा बाटोमै जाँदा मृत्यु भएपछि मृतकका आफन्तले सिन्धुली अस्पतालमा तोडफोड गरेका थिए । गर्भवति महिलालाई मंगलबार विहान १० बजे तिर सिन्धुली अस्पतालमा ल्याईएको थियो ।

अस्पतालले दिउँसो ३ बजे नै उनलाई रिफर गरेको थियो । गर्भवतिलाई उपचारका लागि परिवारले वर्दिवासमा रहेको साई मल्टिस्पेशियालिटी हस्पिटल एण्ड ट्रमा सेन्टर लगेका थिए । महिलाको अस्पतालले सुरुमै मृत्यु घोषणा गरेको थियो ।

मृतकका आफन्तले डाक्टरको लापरवाहिका कारण गर्भवति महिलाको मृत्यु भएको भन्दै डाक्टरलाई कारवाहिको माग गरेका थिए । अस्पतालमा ढुंगा मुढा र लठ्ठी सहित मृतकका आफन्त तथा परिवारले तोडफोड गरेका हुन ।

उनीहरुले बन्दै गरेको सिन्धुली अस्पताल, इमर्जेन्सी कक्ष, आँखा अस्पताल, डिजास्टर स्टोर, फोहोर व्यवस्थापन कक्ष, ओपीडि, विरामी भर्ना कक्ष (मेडिसिन वार्ड), प्रसुति कक्ष, साझा औषधि पसल, अस्पतालको क्यान्टिन लगाएतका सबै भवनहरुमा क्षती पुगेको छ । अस्पताल भित्रका सामानहरुमा समेत क्षती पुराईएको छ ।

अस्पताल अगाडिका होटलका सिसाका बोतलहरु सबै फुटाईएको छ । अस्पतालभित्र ढुंगामुढा र तोडफोड भएपछि भर्ना विरामीहरु ज्यान जोगाउन भागाभाग गरेका थिए ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

अस्पताल प्रांगणमा भएका सवारी साधनहरुमा समेत तोडफोड गरिएको छ । तोडफोडका क्रममा प्रहरीसँग झडप हुदा प्रहरी इन्सपेक्टर रामभक्त भट्टराई, अर्का एकजना प्रहरी घाईते भएका छन ।

आन्दोलनकारीले लठ्ठीले हान्दा इन्स्पेक्टर भट्टराई र प्रहरी हवल्दारको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए । घाईते दुवैजनाको सिन्धुली अस्पताल मै उपचार गरिएको छ । एसपी सिलवालका अनुसार सिन्धुली अस्पतालमा थप क्षती हुन नदिनका लागि शसस्त्र प्रहरीका डिएसपी र जनपथ प्रहरीका डिएसपीको नेतृत्वमा सुरक्षाकर्मीहरु खटाईएको थियो ।

आन्दोलनकारीले विपी राजमार्ग करीब एक घण्टा अवरुद्ध गरेका थिए । टायर बालेर उनीहरुले सडक अवरुद्ध गरेका थिए । त्यस्तैै अस्पताल अगाडी पेट्रोल खन्याएर सडकमा आगो बालेका छन भने निर्माणाधिन अस्पतालका सटिङका काठहरु सडकमा ल्याएर बालेका छन भने निर्माण सामग्रीमा समेत क्षती पुराएका छन ।

मृतकका आफन्तले डाक्टरको कारवाहिको माग गर्दै नाराबाजी समेत गरेका थिए । भिड नियन्त्रणमा लिन नसकेपछि प्रहरीले भिड नियन्त्रणमा लिन राती ११ बजे अश्रुग्याँस प्रहार गर्नुका साथै हवाई फायर समेत गरेको थियो ।

मृतकका आफन्तले डाक्टरले उपचारका क्रममा प्रयोग गरेको इन्जेक्सनका बारेमा शंका व्यक्त गरेकाले छानविनका लागि समिति बनाउन छलफल भईरहेको एसपी सिलवालले बताएका छन । जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा बुधबार विहानैदेखि छलफल जारी छ । प्राविधिक विषय भएकाले अनुसन्धान नगरि केहि भन्न नसकिने एसपी सिलवालले बताए । मृतकको शव सिन्धुली अस्पतालमा पोष्टमार्टमका लागि ल्याईएको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

सिन्धुली अस्पतालमा तोडफोड प्रहरी र मृतकका आफन्तबीच झडप, प्रहरी इन्स्पेक्टर घाईते

Next Post

गर्भवति महिला मृत्यु प्रकरण : तीन बुँदे सहमति, आन्दोलन रोकिएन

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied