सिन्धुली । सिन्धुलीको फिक्कलमा अलपत्र परेका एघार जना नागरिकको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले आइतबार ओखलढुंगाबाट काम गरि पैदल फर्केका वाराका ११ जना नागरिकलाई उद्धार गरेको हो ।
उनीहरुलाई गाडी खोजी घरसम्म पु¥याउने व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएपी मनोज कुमार लामाले बताएका छन । उनका अनुसार उद्धार गरिएका व्यक्तिहरु बाराको महागढीमाई नगरपालिका ११ का नागरिक रहेका छन ।
उनीहरुलाई फिक्कल गाउँपालिका ४ खाङसाङबाट उद्धार गरि घरमा पुग्ने व्यवस्था मिलाईएको लामाले बताए ।




















