• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Tuesday, July 28, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

अविभावक नै स्वीकार्छन बालविवाह

इसाझा नेपाल संबाददाता by इसाझा नेपाल संबाददाता
असार ५, २०७५
in Featured, Society, Uncategorized
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

सरला सुनुवार
कमलामाई नगरपालिका वडा नं. २ चपौलीका महेश ठटाल र स्वस्तिकाले १७ बर्षको उमेरमा प्रेम पछि भागेर बिवाह गरे । २०७४ साल मंसिरमा ५ गते भागेर बिवाह गर्ने महेश र स्वस्तिकालाई महेशका परिवारले २०७४ साल माग २४ गते धुमधामसंग भित्राए । केटा पक्षको परिवारले खुसी भएर बिवाहलाई स्वीकार गरे पनि स्वस्तिका परिवारले भने उक्त विवाह अस्वीकार गरे । जसका कारण यति बेला माईती पक्षसंग स्वस्तिकाको आवतजावत र बोलचाल नै रोकिएको छ । केटा पक्षको आमालाई पनि यसरी भागेर छोराले बिवाह गरेको मन परेको थिएन । सबै परिवारको सदस्यले स्वीकार गर्दा आफु फाल्टु हुनु पर्ने भएपछि उनले पनि स्वीकार गरिन । ‘उमेर पुगेपछि छोराको बिवाह धुमधाम गरुँला भनेकी थिएँ ल्याईहाल्यो फर्काउन मिलेन’ महेशकी आमा प्रमिलाले भनिन ।

कमलामाई नगरपालिका वडा नं. २ भद्रकाली खट्टारकी लक्ष्मी तामाङले पनि स्कुल पढ्दा पढ्दै १६ बर्षकै उमेरमा कुमार तामाङसंग भागेर विवाह गरिन । २०७१ साल माघमा प्रेम बिवाह गरेकी उनको परिवारले पनि उक्त विवाह स्वीकार ग¥यो ।
घ्याङलेख गाँउपालिका वडा नं. २ की यम कुमारी तामाङको बिवाह पनि १५ बर्षको उमेरमा भयो । स्कुल पढ्दा पढ्दै आफु भन्दा माथिलो कक्षामा पढ्ने केटा साथी दिनेश तामाङसंगको चिनाजानी र देखादेखले प्रेम बस्यो । उक्त प्रेम नै सानै उमेमा बिवाहमा परिणत भयो । दुबैले परिवारको स्वीकृती बिना भागेर बिवाह गरे । उनीहरुको परिवारले यो बिवाहलाई २०६७ साल बैशाख ९ गते कुनै प्रतिक्रिया विना स्वीकार गर्दै समाजिक रुपमा नै धुमधामसंग बिवाह गराई दिए ।
त्यसै गरी घ्याङलेख गाँउपालिका वडा नं. २ की सम्झना तामाङले पनि स्कुल पढ्दा पढ्दै १५ बर्षको उमेरमा भागेर योगेस तामाङसंग २०६६ साल मंसिर ३ गते प्रेम बिवाह गरिन । स्कुल पढ्दा पढदै भागेर प्रेम बिवाह गर्ने यो जोडीको बिवाहलाई घर परिवारले चुपचाप स्वीकार ग¥यो । परिवारले नै यो बिवाहलाई सर्मथन गरेर सामाजिक रुपमा नै बिवाह गराई दिए ।
विवाह गर्ने बालबालिका वा अविभावक उनिहरु कसैलाई पनि आफुले गलत काम गरेका छौं भन्ने कुरा थाहा नै भएन । यी त उदाहरण मात्र हुन यस्ता बालबिवाह गर्नेहरु अरु पनि धेरै छन् जसलाई परिवारले सहर्ष स्वीकार गरिरहेको छ ।
मुख्यतया सिन्धुलीमा बालबिवाह दुई किसिमले भएको पाईन्छ । एउटा अभिभाबकहरुले बेलैमा बिवाह गरिदिने र अर्को बालबालिकाहरु आफैँले एकअर्कासंग आर्कषित भएर भागेर बिवाह गर्ने । यी दुबै खालको समस्या सिन्धुलीमा रहेको छ । तर यी दुबै खालका बिवाहमा अभिभाबकको मन्जुरी देखिन्छ ।
पुर्ब बालसञ्जालका अध्यक्ष रामकाजी घलान भन्छन् ‘बालबिवाह हुनुको पहिलो कारण अभिभाबक नै हो ।’ नगरपालिका र गाउँपालिकामा बाल क्लब सक्रिय छन् । कमलामाई नगरपालिकाभित्र मात्रै ९० ओटा बालक्लबहरु छन् । ति बालक्लबहरुले बालबालिकालाई संगठित गर्ने, बालबिवाह, बालश्रम, बालबालिकामाथि हुने हिंसा दुव्र्यवहारको बिरुद्ध आवाज उठाई रहेका छन् । तर बालबालिकाको कुरा अभिभाबकहरु सुन्दैनन् । पूर्व बाल सञ्जालका अध्यक्ष रामकाजी घलानले ‘बालक्लबसंग मिलेर बालबिवाह रोक्ने, प्रहरीलाई खबर गर्ने जस्ता काम गर्र्दा विभिन्न किसिमको चुनौतीको सामना गर्नु प¥यो ।’ उनी भन्छन–‘ज्यान मार्ने धम्की, गालि बेइज्यती जस्ता समस्याको समना गर्नु प¥यो र समाजमा खुलेर हिन्न सक्ने बाताबरण पनि छैन ।’ बालविवाह विरुद्ध लाग्दा निकै जोखिममा परेको उनको भनाई छ ।
सिन्धुली जिल्ला अस्पतालमा २०७४ साल साउन देखि २०७५ साल बैशाख सम्ममा १६ देखि २० बर्षसम्मका १ सय १५ जना किशोरीहरु आमा बनेका छन् । जिल्ला अस्पतालका प्रमुख डाक्टर सुमित्रा गौतमका अनुसार सानो उमेरमा गर्भ धारण गर्दा अपरिपक्क आमाले जन्माएको बच्चा पनि अपरिपक्क हुने, गर्भ तुहिने, असुरक्षित गर्भ पतन हुने र ६० प्रतिशत समय असुरक्षित गर्भपतन गर्नेहरुको स्वास्थ्य उपचारमा खर्चिनु परेको छ । सानो उमेर आमा बन्नेहरुको धेरै अप्रेसन गर्नुपर्ने हुदा आमा र बच्चा दुबैको जीवन सुरक्षाका लागि अप्रेसन गर्नु पर्ने समस्या आउने उनले बताईन ।
इन्सेक जिल्ला प्रतिनिधि बिमला पाण्डेका अनुसार जिल्लामा बालविवाह व्याप्त रहेको छ तर यसलाई परिवार, समाजले सहज रुपमा स्वीकार गरेका कारण उजुरीका रुपमा आउँदैनन । ‘बालविवाहका कारण सानो उमेरमा आमा बन्नेको संख्या पनि बढ्न थालेको’ उनले बताईन ।
महिला मानब अधिकार रक्षक सञ्जालका सचिब रमा कार्की भन्छिन् ‘बालबालिकाले प्रेम विवाह गर्ने र नस्वीकारे आफुबाट अगल हुने वा छुट्याउदा मर्न भन्ने डरका कारण अविभावकले स्वीकारेको पाइन्छ ।’
जिल्लामा भने बालबिवाह गर्ने जोडीहरुलाई परिवार, आफ्नो आफन्तले बालबिवाह गर्नु हुदैन भन्नुको साटो ‘भै गयो नी’ भनेर स्वीकृती दिएकै कारण पनि बाल बिवाहको उजुरी कसैले पनि गरेको पाइदैन । बरु उल्टै विवाहमा सामेल भएर बधाई दिएर भोज भतेर खाएर नाचगान गर्दै रमाईलो गर्ने चलन छ । उजुरीका लागि प्रहरीमा जाने दर निकै कम छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा चालु आर्थिक बर्षमा बालबिवाह भएको भन्दै १ ओटा मात्रै उजुरी दर्ता भएको छ ।
ओरक नेपालका जिल्ला संयोजक सपना थापा भन्छिन्, ‘बाल बिवाहको उजुरी कम मात्रामा हुन्छ यदि भैहाले पनि एउटा बालक्लवले बालबिवाहको उजुरी स्थानीय तहलाई गर्छ तर त्यसलाई मिलापत्र गरिन्छ कारवाहीको प्रक्रियामा लगिदैन । त्यसैले पनि बालबिवाहको उजुरीहरु कानूनी प्रक्रियामा जादैनन् ।’
वालबिवाह न्युनिकरणको लागि धर्मगुरुलाई पनि चेतनाको आबश्यक छ । स्थानीय निकायले कानून निर्माण र कार्यान्वयनको लागि पहल गर्ने, बालबालिकाको लागि काम गर्ने संघसंस्थाहरुले चेतना मुलक कार्यक्रम सञ्चालन गर्ने जस्ता काम गर्दा एक अर्काले समन्वय गर्नु आबश्यक भएको पनि उनले बताईन ।
नेपाल बिश्व बालबिवाहको दर उच्च रहेका देशहरु मध्ये एक हो । नेपालमा गत एक बर्षमा बालबिवाहको अनुपात घटेको छ तर बालबिवाहको दर घटेको छैन । अहिले पनि १५ देखि १९ बर्षको २९ प्रतित किशोरीहरुको बिवाह भै रहेको छ ।
नेपालको संबिधानको धारा २९ को उपधारा ५ मा कुनै पनि बालबालिकाहरुलाई बालबिवाह, गैर कानूनी ओसारपसार र अपहरण गर्ने वा बन्धक राख्न नपाईने ब्यबस्था उल्लेख गरेको छ ।
नेपालको मुलुकी ऐनमा बिवाहको उमेर २० बर्ष तोकिएको छ । २० वर्ष नपुगी हुने बिवाहलाई बालविवाह भनिन्छ जुन गैर कानूनी छ । बालबिवाह गर्ने र गराउनेलाई कानूनले दण्डित गर्छ । तर सिन्धुलीमा स्कुल पढ्दै गरेका किशोर किशोरीहरुले भागेर बालबिवाह गरेको पाइन्छ । अभिभाबकले पनि त्यसलाई स्वीकार गरिरहेका छन ।
बाल बिवाह गर्ने गराउनेलाई ३ बर्ष सम्म कैद र ३० हजार रुपैयासम्म जरीवाना हुन सक्ने र बालबिवाह भएको देख्नै बितिकै या तिन महिनासम्म बाल बिवाह भएको देख्ने जो सुकैले पनि प्रहरीमा उजुरी दिन सक्ने र उजुरी दिने ब्यतिmको नाम ठेगाना पनि गोप्य राखी प्रहरीले काम कारबाही अगाडि बढाउन सक्ने कानुनी व्यवस्था रहेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन
Previous Post

पारदर्शी, जवाफेहि र समन्वयात्मक भूमिका निभाउन प्रतिवद्धता

Next Post

हत्या फिल्मी शैलीमा भएको छ :एसपी

सम्बन्धित खबरहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश
Featured

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा
Featured

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग
Featured

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ
Featured

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

भर्खरै प्राप्त समाचारहरु

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

प्रकाशकीय : जनविश्वासको यात्रा सोह्रौँ वर्षमा प्रवेश

फिक्कल २ बालमैत्री स्थानीय शासन वडा घोषणा

अधिवक्ता आचार्यको आक्रमणविरुद्ध उच्च अदालत बार यशोसियसनको ध्यानाकर्षण, छानविनको माग

सेवाग्राहीमैत्री सेवा र अनलाइन प्रणाली विस्तार गर्छौं : मन्त्री श्रेष्ठ

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना
Featured

सिन्धुलीमा तीन वर्षमा एक सय पाँच यौनजन्य हिंसाका घटना

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु
Featured

सिन्धुलीमा बढ्दै लागुऔषधका मुद्दाहरु

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा
Featured

एकसठ्ठी प्रतिशत घरेलु हिंसाका घटना कमलामाई नगरपालिकामा

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार
Business

एउटै परिवारका चार जनालाई राष्ट्रिय पुरस्कार

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ
Featured

सिन्धुलीमा बढ्दो आत्महत्याको ग्राफ

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied