
साउनको सोमबार मेला लाग्ने सुनकोशी गाउँपालिका वडा नं. १ को कुशेश्वर दुम्जा, दुधौली नगरपालिका वडा नं. २ को मधुगंगा महादेव लगाएतका शिव मन्दीरहरुमा मेला नलगाउन प्रशासनले सार्वजनिक सूचना गरि अनुरोध गरेको छ ।
प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले सूचना जारी गर्दै यस्ता स्थानहरुमा धेरै जमघट हुदा कोरोना संक्रमण हुन सक्ने भन्दै मेला नलगाउन अनुरोध गरेका छन ।
उक्त सूचनामा त्यस्ता स्थानमा सहभागि नहुन भक्तजनलाई समेत आग्रह गरिएको छ ।
जिल्लामा साउनमा कुशेश्वर महादेव, मधुगंगा, सिद्धवावा मन्दिर लगाएतमा भक्तजनहरुको भिड लाग्ने गर्दथ्यो ।




















