सिन्धुली । दुधौलीमा प्रहरीले संकलन गरेको घरेलु मदिरा आइतबार नष्ट गरेको छ । दुधौली प्रहरी चौकीले नगरपालिकाका विभिन्न वडाहरुमा संकलित ३ सय लिटर मदिरा नष्ट गरेको हो । संकलित मदिरा दुधौलीको वडा नम्बर ७,८,११ र १४ का विभिन्न टोलबाट बरामत गरिएको दुधौली प्रहरी चौकीका प्रमुख प्रकाशजंग थापाले बताए ।
कोरोना भाइरसका कारण देशै लकडाउन भएपछि सबै घरभित्र बसेर मदिरा सेवन गर्ने र समाजमा विभिन्न आपाराधिक गतिविधि बढ्ने भएकाले सरोकारवालाहरुको समन्वयमा मदिरा बरामद गरि नष्ट गरिएको उनले बताए ।
दुधौली प्रहरीले दुधौली नगरपालिका–८ का वडाअध्यक्ष मेहनचन्द्र दाहाल, दुधौली नगर उद्योग वाणिज्य संघका प्रतिनिधि वृज नारायण शाह, पत्रकार लगाएका उपस्थितीमा मदिरा नष्ट गरेको हो ।






















