सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीको आयोजनामा शुक्रबार नगरपालिकाको वडा नं. १३ सुनखानीमा एक दिने घुम्ति शिविर सम्पन्न भएको छ । कनपा १३ र १४ लाई लक्षित गरि आयोजना गरिएको शिविरमा २८ जनाले परिचय पत्र प्राप्त गरेका छन ।
नगरपालिकाका अपांगता भएका नागरिकलाई राज्यको सुविधामा पहुँच पु¥याउन र सदरमुकाम आउन नसक्नेहरुलाई घरदैलोमा सेवा दिने उद्देश्यका साथ गरिएको शिविरमा पूर्ण असक्तता अर्थात क वर्गको रातो परिचयपत्र ७ जनाले लिए भने १७ जनाले अति अशक्त अर्थात निलो परिचयपत्र लिए ।
यस्तै शिविरमा ४ जनाले मध्यम अर्थात पहेंलो परिचय पत्र लिएका छन भने १ जनाले सामान्य अपांगताको परिचयपत्र लिएको कमलामाई नगरपालिकाका अधिकृत इन्दिरा थापाले बताईन ।

साना साना स्वास्थ्य समस्यामा समेत हेलचेक्राई गरेका कारण पनि अपांगता भएका व्यक्तिहरुले समेत परिचय पत्र लिएका छन ।

उनले अपांगताको पहिचानसँगै उनीहरुलाई राज्यको पहुँचमा ल्याउन र समस्या पहिचान गर्न समेत शिविरले सहयोग गरेको बताईन ।





















