
सिन्धुलीका कलाकार काफ्लेको ‘पछ्यौरीको फेरो’ नामक गीतमा मुना अर्यालले स्वरमा साथ दिएकी छिन । डिल्ली काफ्लेको लय तथा आँचल विरही राना मगरको शब्द रहेको उक्त गीतको भिडियोमा राज काफ्ले र निजा पौडेलको अभिनय रहेको छ ।
कामना डिजिटल प्रालिको उत्पादन तथा वितरणको जिम्मा लिएको उक्त गीतको कामना न्युज युटुव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
नेपाल प्रहरीका जागिरे काफ्लेले ‘गीत मार्फत परदेशी जीवनको कथालाई थोरै भए पनि संगीत मार्फत बुन्ने कोसिस गरेको’ बताए ।




















