सिन्धुली । विपी राजमार्गमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । मंगलबार कमलामाई नगरपालिका वडा नं. २ को पिपलभञ्ज्याङमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको हो ।
काठमान्डौबाट सिन्धुली आउँदै गरेको वा.१७च८३४६ नम्बरको पिकअप बोलेरो र विपरित दिशाबाट गईरहेको ज.१०प७३५७ नंम्बरको मोटरसाईकल एकआपसमा ठोक्किदा मोटरसाईकलको पछाडि सवार महोत्तरीको वर्दिबास नगरपालिका वडा नं. २ का २० वर्षिय सुनिल घतानीको मृत्यु भएको हो । उनको उपचारका लागि काठमान्डौ लाने क्रममा खुर्कोटमा पुग्दा निधन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
यस्तै मोटरसाईकल चालक महोत्तरीको वर्दिबास नगरपालिका वडा नं. २ का २१ वर्षिय शुशिल वि.क घाइते भएका छन । उनको अवस्था सामान्य रहेको र सिन्धुली अस्पतालमा उपचार भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्र बहादुर सिंहले बताए ।




















