सिन्धुली । निजामति सेवा दिवसको अवसरमा सिन्धुलीमा जिल्ला अस्पताल सिन्धुलीमा रहेका विरामीहरुलाई फलफूल वितरण गरिएको छ ।
“सक्षम निजामती प्रशासनस्विकास समृद्दि र सुशासन” भन्ने मुल नाराका साथ मनाईएको निजामति सेवा दिवसका अवसरमा आईतवार विहान प्रभातफेरी कार्यक्रम गरिएको थियो । त्यसपछि अस्तालमा रहेका विरामीहरुलाई फलफूल वितरण गरी दिवस मनाईएको हो । विगतका वर्षहरुमा दिवसको दिन सरकारले विदा दिने गरेको भएपनि यस बर्ष देखि विदा कटौती गरेको हो ।

कार्यक्रममा राकस (निजामती)का नेत्र गजुरेल, कर्मचारी युनियनका तर्फबाट सरस्वति ढुंगेल, निजामती कर्मचारी संगठनका काबा अध्यक्ष तिलक कार्की, मिलन केन्द्रका सागर ढकाल, आधिकारीक ट्रेड युनियन सिन्धुलीका उपाध्यक्ष गोविन्द कोईरालाले मन्तव्य राखेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी गौतमले निजामती सेवाको साख बचाउने समय आएको भन्दै सेवाप्रवाहमा छिटो छरितो एवं चुस्तताको अनुभव जनतालाई हुनेगरी कार्यसम्पादन गर्न आग्रह निर्देशन दिए ।
ट्रेड युनियनको भुमिका बिगतदेखी वर्तमान सम्म महत्वपुर्ण रहेकाले ट्रेड युनियन मास्ननहुने तर्क गर्दै गौतमले यस प्रति संघ र संगठन लाई सजग रहन समेत आग्रह गरे ।
गौतमको अध्यक्षतामा मनाईएको निजामती सेवा दिवस–२०७६ को समापन समारोहको सन्चालन मालपोत कार्यालय सिन्धुलीका नायब सुब्बा पुरूषोतम दाहालले गरेका थिए ।




















