सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीले तीज विशेष कार्यक्रम गर्ने भएको छ । जसका लागि नगरपालिकाले १४ वटा वडाका लागि १५/१५ हजार रुपैंया बजेट छुट्याएको छ भने नगरस्तरीय कार्यक्रमका लागि १ लाख ४० हजार रुपैंया बजेट विनियोजन गरेको छ ।

विहिबार कमलामाई नगरपालिकामा पत्रकार सम्मेलन गर्दै उनले जिल्लाका ४ वटा रेडियोबाट आधा आधा घण्टाको तिजको शन्देशमूलक र महिला अधिकारलाई वकालत गर्ने गरि कार्यक्रम उत्पादन गरिने जानकारी दिईन । यस्तै १० गते सिन्धुलीमाढीमा गरिने तीज विशेष कार्यक्रममा श्रमिक, उद्यम, किसान, राजनीतिक क्षेत्र, जनप्रतिनिधि, सामाजिक क्षेत्र, पत्रकारिता, सहकारी, कानुनी क्षेत्र, शिक्षा क्षेत्र, स्वास्थ्य क्षेत्र, कर्मचारी लगाएतका क्षेत्रमा रहेका महिलाहरुको सहभागिता रहने छ ।
कार्यक्रममा मनोरञ्जनका साथै अनुभव आदान प्रदान लगाएतका कार्यक्रम गरिने छ । नगरपालिकाले आयोजना गर्ने उक्त कार्यक्रममा भड्किलो पहिरनमा नआउन देवकोटाले सबैलाई अपिल समेत गरेकी छन । तीज रमाईलो र सांस्कृतिक दुष्टिले अनुभव साट्ने पर्वका रुपमा मनाउन सन्देश दिने गरि कार्यक्रम गर्न सबैले सहयोग गर्न आग्रह समेत गरेकी छिन । उनले उक्त कार्यक्रममा ५ देखि ६ सय जना महिलाको सहभागिता रहने अनुमान गरिएको जनाएकी छिन ।




















