सिन्धुली । सुनकोशी गाउँपालिकामा संचालित एक दिने स्वास्थ्य शिविरमा एक सय २८ जना महिलाले स्वास्थ्य परिक्षण गराएका छन ।
सुनकोशी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पाठेघरको मुखमा हुने क्यान्सर रोगसम्बन्धी परीक्षण रातमाटा झाँगाझोली स्वास्थ्य चौकीमा बुधबार सम्पन्न भएको गाउँपालिकाले जनाएको छ ।
शिविरको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहरा दाहालले महिला स्वास्थ्य परीक्षणलाई नियमित रुपमा गराउन गाउँगाउँमा वर्षेनी स्वास्थ्य शिविर गर्नुपर्नेमा जोड दिदै ,गाउँपालिकाले यसलाई प्राथमित्तामा राखेको दाहालले बताईन ।
शविरमा सुनकोशी गाउँपालिका वडा नम्बर ३ र ४ का महिलाको उल्लेखनीय उपस्थिति रहेको गाउँपालिकाले जनाएको छ ।
शिविरमा पाठेघरको मुखको क्यान्सर जाँच (भीआइए स्क्रिनिङ) र अन्ष्टे«टिक फिस्टुला परीक्षण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास सुन्दासले बताए । शिविरमा दुई महिलाको पाठेघरको मुखमा जोखिम देखिएकाले थप उपचारका लागि काठमाडौँ रिफर गरिएको जनाइएको बताईएको छ ।





















