• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Saturday, September 19, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

अध्यक्ष र पूर्व अध्यक्ष आक्रमण विरुद्ध महासंघ आन्दोलित

बिमला पाण्डे by बिमला पाण्डे
असार २२, २०७६
in Featured, Province 3, Society
0

Share via:

134 Shares
  • Facebook 134
  • Twitter
  • LinkedIn
  • More

जिल्ला प्रशासनमा १ घण्टा धर्ना, सिडिओसँग घटनाको छानविनका लागि समिति गठन गर्न माग

सिन्धुली । नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष होमकुमार कार्की (राजन) र पूर्व अध्यक्ष मिनकुमार दाहालमाथि शनिबार राती भएको आक्रमणको विरोधमा नेपाल पत्रकार महासंघ लगाएत जिल्लाका सञ्चारसँग सम्बन्धित संघसंस्थाहरु आन्दोलित भएका छन । पत्रकार महासंघको अगुवाईमा जिल्लामा संघसंस्थाहरु आन्दोलित भएका हुन ।

घटनापछि आइतबार विहानै जिल्ला शाखाका उपाध्यक्ष बिमला पाण्डेको अध्यक्षतामा बसेको आकस्मिक बैठकले दोषीलाई कारवाहिको माग सहित दवावमूलक तरिकाले आन्दोलनमा होमिएको छ । महासंघका प्रदेश नं. ३ का सचिव राजन गाउँले, जिल्ला शाखाका संस्थापक अध्यक्ष शेषराज दाहाल सहितका पूर्व अध्यक्षहरु, महासंघका कार्यसमिति पदाधिकारी सदस्यहरुको बैठकले घटनाको निन्दा गर्दै कारवाहिको माग गरेको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

आकस्मिक वैठकपछि महासंघले विज्ञप्ती मार्फत आधिकारीक धारणा सार्वजनिक गरेको छ । महासंघले सुरक्षा निकायबाटै भएको घटना निन्दनीय रहेको भन्दै दोषीलाई कडा कारवाहिको दायरामा ल्याउन र घाइते पत्रकारद्वयको उपचार, क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ । महासंघका सचिव विदुर पौडेलद्वरा जारी विज्ञप्तीमा पत्रकारको आक्रमणले सिंगो सञ्चार क्षेत्र, पेशागत क्षेत्र र आम नागरिक समेत असुरक्षित रहेको महसुस गरेकाले सुरक्षाको ज्ञारेन्टी गर्न स्थानीय प्रशासनसँग माग गरिएको छ ।

यसैबीच नेपाल पत्रकार महासंघले १ घण्टा जिल्ला प्रशासनमा धर्ना दिएको छ । महासंघको आयोजनामा घटनाका दोषीलाई कारवाहिको माग गर्दै महासंघले जिल्ला प्रशासन गेटमा धर्ना दिएको हो । धर्ना पछि महासंघले ३ बुँदे माग सहित प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई ज्ञापन पत्र बुझाएको छ । महासंघका उपाध्यक्ष विमला पाण्डेले ज्ञापन पत्र बुझाएकी हुन ।
ज्ञापनपत्रमा पत्रकारद्वय कार्की र दाहालमाथि आक्रमण गर्ने प्रहरीलाई निलम्बन गरि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरि कारवाहि गर्न, पत्रकारको सुरक्षाको ज्ञारेन्टी गर्न, घाइतेको उपचार तथा क्षतीपूर्तिको व्यवस्था गर्न र घटनाको वास्तविक छानविन गरि कारण पत्ता लगाउन छानविन समितिको गठनको माग गरिएको छ । प्रमुख जिल्ला अधिकारी गौतमले पत्रकारहरुको सुरक्षामा प्रशासन संवेदनशिल रहेको र दोषीलाई विना कुनै पूर्वाग्रह र बचावट विनै कारवाहि गरिने विश्वास दिलाए । उनले घटनाको छानविनका लागि आफु तयार रहेको प्रतिवद्धता समेत व्यक्त गरेका छन ।
यसैबीच घटनाको प्रेस चौतारी नेपाल सिन्धुलीका कार्यवाहक अध्यक्ष विनय दाहाल, प्रेस सेन्टर सिन्धुलीका अध्यक्ष बुद्धकुमार आछामी, नेपाल प्रेस युनियनका अध्यक्ष यमप्रसाद चौलागाई, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष नविन श्रेष्ठ र क्रियाशील पत्रकार महिलाका अध्यक्ष सुजाता लामाले संयुक्त रुपमा विज्ञप्ति जारी गरी घटनाको छानविन गरी दोषीमाथि कडा कारवाहीको माग गरेका छन ।
के भएको थियो घटना ?
कमलामाई नगरपालिका ६ शिवनगरमा शनिबार राति करिब ९ बजे महासंघका शाखा अध्यक्ष कार्की र पूर्व अध्यक्ष दाहालले खाजा खाइरहेको अवस्थामा सादा पोशाकमा आएका दुई प्रहरीले मोवाइलबाट भिडियो खिचेका थिए । भिडियो नखिच्न कार्कीको अनुरोध नमानेपछि सामान्य भनाभन हुदा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा कार्यरत काभ्रे जिल्ला खावा ६ घर भएका प्रहरी हवल्दार सलामसिंह लामा र काभ्रे जिल्ला पनौती ७ घर भएका प्रहरी जवान विकास स्याङतानले टेवलमै आक्रमण गरे । एक्कासी बोतलले हानेर लडाएपछि कार्कीलाई हेलमेट, ढुंगा, इटाले आक्रमण गरिएको थियो भने दाहाललाई लात्तिले हानेकोमा उनी भाग्न सफल भएका थिए ।
दाहालले गुहार मागेर स्थानीय जम्मा हुदा कार्की बेहोस भईसकेका थिए । त्यस्तै दोषी प्रहरीले वाईक लिएर भाग्न खोज्दा दाहालले बालुवा आँखामा हालिदिएपछि बाइक छोडेर प्रहरीद्वय भागेको पीडित दाहालले बताए । भाग्ने क्रममा दुवै प्रहरी घाइते भएका छन । दाहलका अनुसार प्रहरी प्रमुखलाई फोन गरि घटनाबारे जानकारी गराएपछि स्थानीयको सहयोगमा कार्कीलाई जिल्ला अस्पतालमा ल्याईएको थियो । वेहोस अवस्थामा सिन्धुली अस्पताल ल्याईएका कार्कीको टाउकोमा गम्भिर चोट देखिएपछि तत्काल काठमान्डौ रिफर गरिएको थियो ।
घाइते कार्कीको काठमाडौँस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारपछि आइतबार दिउँसो डिस्चार्ज गरिएको छ । टाउकोमा चोट भए पनि भित्री चोट नदेखिएकाले ७२ घण्टापछि पुन अस्पतालमा जाँच गराउन आउन अस्पतालले भनेको छ । त्यस्तै घाइते दाहालको सिन्धुलीमै उपचारपछि डिस्चार्ज भइसकेको छ ।
घटना लगत्तै प्रहरीले कुटपीटमा संलग्न प्रहरीलाई पक्राउ गरेको छ । २१ गते राती नै पत्रकारहरुसमक्ष उनीहरुलाई सार्वजनिक समेत गरिएको छ । यस्तै नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, प्रदेश नं. ३, फ्रिडम फोरम लगाएतका संस्थाहरुले पनि घटनाको निन्दा गर्दै र दोषीलाई अविलम्ब कारवाहिको माग गर्दै विज्ञप्ती जारी गरेका छन ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष कार्कीमाथि सांघातिक आक्रमण, अवस्था गम्भिर

Next Post

लेखापाल नभएका कारण समयमा बजेट आएन : अध्यक्ष थापा

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied