• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Monday, September 21, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

बंगलादेश यात्रा : मित्रता, फोटो पत्रकारिता र पर्यटन प्रवर्द्धनको अविस्मरणीय अनुभव

उद्धव कुमार श्रेष्ठ by उद्धव कुमार श्रेष्ठ
जेष्ठ ३०, २०८३
in Featured, Opinion, Province 3
0

Share via:

0 Shares
  • Facebook 0
  • Twitter
  • LinkedIn
  • More

जीवनमा केहि यात्राहरू गन्तव्यमा पुगेर मात्र समाप्त हुँदैनन्, ती यात्राहरू सम्झना, अनुभव, सम्बन्ध र सम्भावनाको रूपमा मनमा सधैं जीवित रहन्छन् । हालै राष्ट्रिय फोटो पत्रकार समूह नेपालको टोलीसँग बंगलादेश भ्रमण गर्ने अवसर प्राप्त भयो । यो यात्रा केवल एउटा औपचारिक भ्रमण मात्र थिएन, बरु दुई देश बीचको मित्रता, पत्रकारिता, संस्कृति र पर्यटन प्रवद्र्धनको सशक्त अभियान थियो ।

बंगलादेश फोटो जर्नालिस्ट्स एशोसिएसनको निमन्त्रणामा राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तको नेतृत्वमा १० सदस्यीय टोली ढाका पुगेको थियो । त्यो टिममा म पनि थिएँ । नेपाल र बंगलादेशबीच विगत २१ वर्षदेखि कायम रहेको मित्रता र भाइचाराको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित यस भ्रमणले हामीलाई पत्रकारिताभन्दा पर गएर दुई देशका जनजीवन, संस्कृति र सोंचलाई नजिकबाट बुझ्ने अवसर प्रदान ग¥यो ।

ढाकाको व्यस्त सडक, ऐतिहासिक सम्पदा, आधुनिक विकास र मानिसहरूको आत्मीय व्यवहारले पहिलो दिनदेखि नै हामीलाई प्रभावित बनायो । नेपाली पाहुनाप्रति बंगलादेशी मित्रहरूको आत्मीयता र सम्मानले हामीलाई घरभन्दा टाढा भएर पनि आफ्नैपनको अनुभूति गरायो ।

भ्रमणको सबैभन्दा महत्वपूर्ण पक्षमध्ये एक थियो “सुन्दर नेपाल” शीर्षकको फोटो प्रदर्शनी । ढाकामा आयोजित प्रदर्शनीमा नेपालको हिमाल, पहाड, तराई, धार्मिक सम्पदा, सांस्कृतिक विविधता र प्राकृतिक सौन्दर्य झल्काउने दर्जनौं तस्वीरहरू प्रदर्शन गरिएका थिए । प्रदर्शनी अवलोकन गर्न आउने बंगलादेशी दर्शकहरू नेपालको सुन्दरता देखेर मन्त्रमुग्ध बनेका थिए । कतिपयले नेपाल भ्रमण गर्ने इच्छा व्यक्त गरे भने कतिपयले नेपाली संस्कृति र प्रकृतिप्रति गहिरो रुचि देखाए ।

त्यो क्षण हाम्रा लागि विशेष थियो, जब क्यामेराको लेन्सबाट कैद गरिएका तस्वीरहरूले नेपालको परिचय अन्तर्राष्ट्रिय मञ्चमा गराइरहेका थिए । एउटा तस्बिरले हजारौं शब्दभन्दा बढी प्रभाव पार्न सक्छ भन्ने अनुभूति त्यहिँ भयो ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

भ्रमणको अर्को महत्वपूर्ण उपलब्धि थियो ढाकास्थित प्रेस इन्स्टिच्युट बंगलादेशमा आयोजित अन्तर्राष्ट्रिय सेमिनार । सडक आन्दोलन, जनउठान र द्वन्द्वका समयमा फोटो पत्रकारिताको भूमिका विषयमा केन्द्रित उक्त कार्यक्रममा नेपाल र बंगलादेशका फोटो पत्रकारहरूले आफ्ना अनुभव आदान–प्रदान गरेका थिए ।

छलफलका क्रममा प्रेस स्वतन्त्रता, फोटो पत्रकारको सुरक्षा, नैतिकता र जोखिमका विषयमा गम्भिर बहस पनि भयो । नेपालमा भएका आन्दोलन र परिवर्तनका विभिन्न कालखण्डमा फोटो पत्रकारहरूले खेलेको भूमिकाबारे प्रस्तुत गरिएका अनुभवहरूले अन्तर्राष्ट्रिय सहभागीहरूको ध्यान आकर्षित गरेको थियो । त्यस्तै बंगलादेशका पत्रकारहरूले पनि आफ्ना चुनौती र संघर्षका कथाहरू साझा गरेका थिए । त्यहाँका पत्रकारहरुको संघर्षका कथाहरु साँच्चिकै प्रेरणादायी थिए ।

ढाकामा आयोजित “इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएशन अवार्ड २०२६” कार्यक्रममा नेपाली टोलीलाई गरिएको सम्मानले भ्रमणलाई अझ स्मरणीय बनायो । त्यो सम्मान केवल व्यक्तिको उपलब्धि मात्र नभई नेपाली फोटो पत्रकारिताले अन्तर्राष्ट्रिय क्षेत्रमा बनाएको पहिचानको सम्मान थियो । नेपाली फोटो पत्रकारिताप्रति देखाइएको सम्मानले हामी सबैलाई थप जिम्मेवार र उत्साहित बनाएको अनुभूति भयो ।

भ्रमणका क्रममा बंगलादेशका सूचना तथा प्रसारण मन्त्रीसँग भएको भेटघाटले दुई देशबीच सञ्चार क्षेत्रको सहकार्य अझ मजबुत हुने संकेत दिएको थियो । पत्रकारिता केवल समाचार सम्प्रेषणको माध्यम मात्र नभई राष्ट्र र जनतालाई जोड्ने पुल पनि हो भन्ने सन्देश यस भेटघाटले दिएको महसुस भयो ।

ढाका, कक्स बजार र चिट्टगाउँको भ्रमणले बंगलादेशको विविध पक्षलाई नजिकबाट बुझ्ने अवसर प्रदान ग¥यो । विशेष गरी कक्स बजारको विशाल समुद्री तट, स्थानीय जनजीवन, सांस्कृतिक विविधता र विकासको गतिले हामीलाई प्रभावित बनायो । पर्यटन, सञ्चार र सांस्कृतिक सम्पदाको संरक्षणमा बंगलादेशले गरेका प्रयासहरू अवलोकन गर्दा नेपालमा पनि यस्ता अभ्यासहरूलाई थप प्रभावकारी बनाउन सकिने सम्भावनाहरू देखिए ।

यस भ्रमणले एउटा महत्वपूर्ण सन्देश दिएको छ, पत्रकारिता केवल समाचार संकलन र प्रकाशनमा सीमित छैन । पत्रकारिता संस्कृति, पर्यटन, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने प्रभावकारी माध्यम पनि हो । फोटो पत्रकारिताले त झन् भाषा र सीमाको बन्धन तोडेर भावनालाई प्रत्यक्ष रूपमा जोड्ने क्षमता राख्दछ ।

नेपाल र बंगलादेशबीचको यो सहकार्यले भविष्यमा संयुक्त फोटो प्रदर्शनी, तालिम, अध्ययन भ्रमण तथा पत्रकारिता आदान–प्रदानका नयाँ सम्भावनाहरू सिर्जना गरेको छ । दक्षिण एसियाली पत्रकारितामा सहकार्य र अनुभव आदान–प्रदानलाई अझ सशक्त बनाउने आधार पनि तयार भएको छ ।

समग्रमा, बंगलादेश भ्रमण केवल एउटा विदेश यात्रा थिएन । यो मित्रताको यात्रा थियो, सिकाइको यात्रा थियो, अनुभवको यात्रा थियो र नेपालको सौन्दर्यलाई अन्तर्राष्ट्रिय समुदायसम्म पु¥याउने गौरवपूर्ण अवसर थियो । क्यामेरामा कैद गरिएका दृश्यहरू समयसँगै पुराना हुन सक्छन्, तर यस यात्राबाट प्राप्त अनुभव, सम्बन्ध र सम्झनाहरू भने सधैं ताजा रहनेछन् ।

नेपाल–बंगलादेश सम्बन्धलाई अझ प्रगाढ बनाउन फोटो पत्रकारिताले खेलेको यो भूमिकालाई भविष्यले अझ अर्थपूर्ण रूपमा सम्झिनेछ भन्ने विश्वासका साथ यो यात्रा मेरो जीवनको अविस्मरणीय अध्याय बनेर रहनेछ । (लेखक : फोटो पत्रकार समूह सिन्धुलीका अध्यक्ष हुनुहुन्छ ।)

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

स्थानीय सरकार र पत्रकार एक अर्काका परिपूरक हुन् : न्यौपाने

Next Post

गुणस्तरीय शिक्षाका लागि समुदायको सहयोग र अपनत्व चाहिन्छ : पूर्व राष्ट्रपति भण्डारी

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied