सिन्धुली । कमलामाई नगरपालिकाले शनिबार २९ औँ स्थापना दिवस मनाइएको छ । कमलामाई नगरपालिकाकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलबाट कार्यालय परिसरमा झण्डोत्तोलन गरि दिवस मनाईको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख उपेन्द्र पोख्रेलले स्थापना दिवसले नगरको इतिहास र संस्कृतिलाई सम्झाउने बताए । उनले नगरपालिकालाई थप समृद्ध र विकसित बनाउन आफुले सक्दो प्रयास गर्ने बताएका छन् ।
नगर उपप्रमुख मन्जु देवकोटाले नागरिकको सेवामा समर्पित रहने प्रतिवद्धता व्यक्त गर्दै नगरलाई सुन्दर बनाउनका लागि सबै नगरवासीको सहयोग अपरिहार्य रहेको बताइन् । यसका साथै उनले नगरका विभिन्न विकासका योजनाहरुलाई समयमै सम्पन्न गर्न र नागरिकलाई सहज सेवा प्रदान गर्ने तर्फ विशेष ध्यान दिने कुरामा जोड दिएकी थिइन् ।
कार्यक्रममा कमलामाई नगरपालिका वडा नं. ११ का अध्यक्ष राम बहादुर थिङले नगरपालिकाको थप प्रगतिका लागि सबैले सहकार्य गर्न जरुरी रहेको बताए ।





















