• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Sunday, September 20, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

मृगौला वेचविखन प्रकरणमा तीन जना पक्राउ

संगठित अपराधमा अनुसन्धान सुरु

बिमला पाण्डे by बिमला पाण्डे
साउन २३, २०८२
in Featured, Life, News, Province 3, Society
0

Share via:

22 Shares
  • Facebook 22
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । दुधौली नगरपालिका–१ का खिलबहादुर भुजेल लगाएतका मानिसको मानव अंग मृगौला चोरी गरि बेचविखन गरेको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको पाँचखाल नगरपालिका वडा नं. १० का कुमार भन्ने राजकुमार परियार, नुवाकोटको बेलकोट नगरपालिका वडा नं. ९ का समिर नेपाली र बेलकोटगढी नगरपालिका वडा नं. ४ का राकेश नेपाली रहेका छन ।

समिरलाई साउन २१ गते काठमान्डौको टोखाबाट पक्राउ गरिएको छ भने अन्य दुईजनालाई साउन २२ गते काभ्रेको पाँचखालबाट पक्राउ गरिएको छ । उनीहरुलाई काठमान्डौ जिल्ला अदालतबाट संगठित अपराधमा ७ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ ।

यो घटनामा भुजेललाई मृगौला निकाले बापत ६ लाख नेपाली रकम दिने प्रलोभन दिइएको पाईएको छ । मानवबेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरिक्षक नरेन्द्र कुवँरका अनुसार, पीडितलाई आर्थिक प्रलोभन दिइएको पाइए पनि उनले पैसा लिएको आधार हालसम्म भेटिएको छैन ।

प्रहरीको मानवबेचबिखन अनुसन्धान ब्यूरोले २६ बबरमहल नाम दिएका उनलाई तस्कर समूहले मिर्गौला दिए ६ लाख रुपैयाँ दिने प्रलोभन दिएको अनुसन्धानमा खुलेको हो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेपछि उनी पोखराबाट नभई काठमाडौंको कोटेश्वर हुँदै सुनौली नाकाबाट भारतमा काम गर्न गएको खुलेको छ ।

‘२०८२ साल जेठमा काठमाडौँ महानगरपालिका–३२, कोटेश्वर आकाशेपुल नजिकबाट कलंकी पु¥याएर त्यहाँबाट बसमा भैरहवा हुँदै सुनौनी बोर्डर पारि लगेको पाइएको छ,’ ब्यूरोका एसपी नरेन्द्र कुँवरले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।

‘उनलाई भारतको चण्डीगढस्थित अपार्टमेन्टमा पु¥याएकोमा भोलीपल्ट क्लिनिकमा लगी मेडिकल चेकअप गराएको देखिन्छ ।’ अपार्टमेन्टमा हाल पक्राउ परेका आरोपी समिर नेपाली र राकेश नेपालीले करिब १ महिना राखेपछि मिर्गौला बिक्री गर्ने अफर गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘तिम्रो मृगौला निकाले बापत तिमीलाई नेपाली ६ लाख रुपैयाँ रकम आउँछ, निकालिसकेपछि नेपाल फर्कने बेलामा पैसा दिन्छु भनी प्रलोभन देखाएको देखिन्छ’, प्रहरीले भनेको छ, ‘जाहेरवालाले सो कुरा इन्कार गर्दा हालसम्म लागेको सम्पूर्ण खर्च व्यहोर्नु पर्ने भनी डर त्रास, करकापमा पारिएको थियो ।’

चण्डीगढस्थित नाम नखुलेको क्लिनिकमा साउन ९ गते उनको बाँया मृगौला झिकिएको खुलेको छ । यसअघि पीडितले आफूलाई होटलमा जागिर लगाउने भन्दै भारत लगिएको र घर फर्किने भन्न थालेपछि समस्या सुरु भएको बताएका थिए । ‘घर फर्किने भनेर अडान राख्न थालेको १० दिनपछि उनले आफूलाई काठमाडौंको कलंकीमा पाएको बताएका थिए ।

उनी त्यसपछि आफन्त कहाँ पुगेर सापटी लिएर सिन्धुलीस्थित घर आएका थिए । घरमा पुग्दा घाउ असाध्यै दुखेपछि उनीहरु स्थानीय समिट माउन्ट अस्पताल पुगेका थिए । त्यसपछि डा. नवीन बयरले उनको भिडियो एक्सरे गरेका थिए । भिडियो एक्सरे गर्दा किड्नी नभएको पुष्टि भएको थियो । मृगौला निकालिएको पुष्टि भएसँगै प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले मानव वेचविखन व्युरो काठमान्डौलाई घटनाको जानकारी गराएपछि उनलाई काठमान्डौ लगिएको थियो ।

भुजेल सहित समिर नेपाली र राजकुमार परियारले ४ जनालाई एकैपटक नेपाल ल्याएका थिए । प्रहरीले मानव अंग बेचविखनमा गिरोह नै रहेको आशंका गरेको छ । सोहि अनुसार अनुसन्धान समेत सुरु गरेको छ ।

यी छन् अनुसन्धानका तथ्यहरु

व्युरोले घटनालाई गम्भिर रुपमा लिई अनुसन्धान थालेको छ । उक्त घटनामा प्रहरीलाई अरु पनि पीडित रहेको जानकारी छ । सोहि अनुसार अनुसन्धानमा रहेको प्रहरीलाई सिन्धुलीका भुजेलको तथ्यले सजिलो बनायो । पीडितको उजुरी पाएपछि प्रहरीले अनुसन्धान तिव्र बनायो । हालसम्मको अनुसन्धानमा खुलेका तथ्यहरु व्युरोले सार्वजनिक समेत गरेको छ ।

प्रहरीले मृगौलाको अवैध कारोवार गर्ने गिरोह नेपाल र भारतमा बसी संगठित रुपमा योजनावद्ध तरिकाले मृगौला विक्री गर्ने, पीडितहरुको कमजोर आर्थिक स्थितिको फाईदा उठाई विभिन्न प्रलोभन देखाई मानिस पहिचान गर्ने, ओसार पसार गर्ने, मेडिकल चेकजाँच गर्ने र भारतमा बसी आवश्यक प्रवन्ध मिलाएर मृगौला निकाल्ने गरेको पाईएको जनाएको छ । यस्तै पीडितलाई आकर्षक रकमको प्रलोभन दिने गरेको पाईएको छ ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

पीडितबाट मृगौला झिकी चर्को मुल्यमा बिक्री गरि मानव अंगको गैह्र कानुनी व्यापार गर्ने गरेको खुल्न आएको छ । विभिन्न जिल्लाबाट दर्जनौं मानिसहरुको मृगौला अवैध रुपमा विक्री गरेको सूचनाका आधारमा पीडितहरुको पहिचान गर्ने कार्य जारी राखेको प्रहरीले जनाएको छ । यस घटनामा संलग्न अन्य व्यक्तिहरु पनि रहेकाले खोजी जारी रहेको समेत प्रहरीले जनाएको छ ।

मजदुरी गर्न गएका भुजेलको मृगौला बेचियो, प्रहरीले थाल्यो अनुसन्धान

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मरिण नदीको कटानले कमलामाई १ का अढाई सय घर विस्थापित हुँदै

Next Post

प्रभावकारी बन्दै बजार अनुगमन

सम्बन्धित खबरहरु

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग
Featured

रसुवा बाढीपीडितलाई सिन्धुली रेडक्रसको साढे चार लाख सहयोग

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न
Life

भोटेकोशी बाढीको कहर : कुशको शव बनाएर सामुहिक दाहसंस्कार, गाउँ नै शोकमग्न

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied