सिन्धुली । गोलञ्जोर गाउँपालिका वडा नं. ६ भण्डास बिप्पर कटेरीमा बसोबास गर्दै आएको उर्मिला हायुको परिवार वेपत्ताको संख्या थपिएको छ । वेपत्ता हुनेको संख्या २० पुगेको छ ।

हायुको परिवारका १६ जना हराएको सूचना पाएपछि प्रहरी, स्थानीय जनप्रतिनिधिहरु, स्थानीयबासीहरु लगाएत उक्त घरमा गएर खोज तथा अनुसन्धान सुरु गरेका थिए । खोजी गर्ने क्रममा थप चारजना समेत रहेको खुल्न आएको हो ।
उर्मिला हायुको परिवारका सबै सदस्यको पहिचान खोजी गरेको छ । उर्मिलाका छोराहरु अर्जुन हायु, राजु हायु, हिमाल हायु, लाल बहादुर हायु, वेग बहादुर हायु, सुवर्ण हायु, लक्ष्मण हायु, र छोरीहरु कोमलमाया हायु, सुधा हायु, सुजता हायू, ओमकुमारी हायु, उषा हायु, अस्मिता हायु, रियासा हायु, शान्ता हायु र कमला हायु रहेको प्रहरीले जनाएको छ ।
यस्तै वेपत्ता हुनेमा २ जना ज्वाईं र उर्मिलाको माइलो छोरा हिमाल हायुको २ जना साली रहेको प्रहरीले जनाएको छ । सालीहरुको नाम खुलेको छैन । उनीहरु कमलामाई नगरपालिका वडा नं. १ डाँडीका रहेको प्रहरीले जनाएको छ । यस्तै २ जना ज्वाईंको पनि नाम र ठेगाना खुलेको छैन ।





















