• हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन
Wednesday, September 16, 2026
  • Login
Esajha Nepal
Advertisement
ADVERTISEMENT
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास
No Result
View All Result
Esajha Nepal
No Result
View All Result
Home Featured

दुर्घटनाको पीडा : उपचार खर्च नपाएपछि अस्पतालको विरामी प्रशासनमा

बिमला पाण्डे by बिमला पाण्डे
बैशाख ३०, २०८२
in Featured, Health, Life, News, Province 3
0

Share via:

99 Shares
  • Facebook 99
  • Twitter
  • LinkedIn
  • More

सिन्धुली । सवारी दुर्घटनाका कारण कोमामा पुगेका विरामीले उपचारखर्च तथा क्षतिपूर्ति नपाएपछि विरामीका आफन्तले जिल्ला प्रशासन कार्यालय सिन्धुलीको गेट (भित्री गेट) मा लगेर विरामी राखेका छन ।

विरामीका आफन्तले विरामीको उपचारका लागि रकम अभाव भएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पीडक पक्षबाट क्षतीपूर्ति दिलाई दिन माग गर्दै विरामीलाई प्रशासनमा लगेर धर्नामा बसेका छन ।

चौध महिनादेखि सिन्धुली अस्पतालमा कोमामा रहेका तेज बहादुर सिंजाली मगरको परिवारले जिल्ला प्रशासन कार्यालयमा विरामी लगेर राखेका हुन । उनीहरुले उपचारखर्च दिलाईदिन, दोषीलाई कारवाहि गर्न र पीडितलाई न्याय दिन माग गर्दै विरामी सहित जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा पुगेका हुन ।

उनीहरुले प्रशासनको गेटमै विरामीलाई राखेका छन । आफुहरुले न्याय नपाएसम्म विरामी लान नसक्ने अवस्थामा पुगेको पीडितकी श्रीमति प्रनिषा रमौली मगरले बताईन । उनले आफुहरुले न्याय र उपचारखर्च नपाएको तथा खर्चको अभाव भएको बताईन ।

उपचारमा लाग्ने खर्च गर्न समेत आफुले गर्न सक्ने अवस्था नरहेको र पीडक पक्षले दिने भनि सहमती गरेको उपचार खर्च समेत पाउन नसकेको उनले बताईन । तेज बहादुरले चलाएको ज८प६४५८ नम्बरको मोटरसाईकललाई तिनपाटन गाउँपालिका वडा नं. ९ का शेषराज पहाडीले चलाएको वा.प्र०१०२७च४३७२ नम्बरको योद्धा बोलेरोले २०७९ साल चैत २ गते तीनपाटन गाउँपालिका वडा नं. २ गैह्रिमा ठक्कर दिएर दुर्घटना भएपछि मगर गम्भिर घाईते भएका थिए ।

कमलामाई नगरपालिका वडा नं. ७ रामपुरका सिंजालीलाई हेलिकप्टर मार्फत काठमान्डौको हेम्स अस्पताल लगिएको थियो । हेम्समा उपचार महंगो भएपछि परिवारले टिचिङ अस्पतालमा उपचार गरेका थिए । १४ महिलाअघि आर्थिक अवस्था नाजुक भएपछि विरामीलाई सिन्धुली अस्पतालमा ल्याईएको थियो । उनको उपचार महंगो भएको र परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा कठिनाई भएको प्रनिषाले बताईन । तेजबहादुरको उपचारमा हालसम्म ५० लाख बढी उपचारमा खर्च भईसकेको समेत उनले बताईन ।

Advertisement. Scroll to continue reading.
विज्ञापन विज्ञापन विज्ञापन

गाडी चालक समेत रहेका गाडी धनि शेषराज पहाडीले जिल्ला प्रशासन कार्यालयमा विरामीको उपचारका लागि २० लाख दिने सहमति गरेका थिए । उक्त सहमति बमोजिम दिनुपर्ने रकम मध्ये ५ लाख रुपैंया मात्र पीडितले प्राप्त गरेको प्रनिषाले बताईन । बाँकी १५ लाख रुपैंया पाउन नसकेको उनको गुनासो रहेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सहमति अनुसारको रकम दिन नसकेपछि क्षपिपूर्तिको मुद्दा फैसला गर्न सकेको छैन । गाडी धनी तथा चालक समेत रहेका पहाडी फरार रहेका छन ।

सिन्धुली जिल्ला अदालतबाट सवारीबाट अंगभंग मुद्दा फैसला भईसकेको छ । उक्त मुद्दामा अदालतले २०८१ असार १२ गते कसुर ठहर गरेको थियो भने सोहि असार १९ गते सजाय समेत तोकेको छ । सिन्धुली जिल्ला अदालतका न्यायाधिस रमेश शर्मा पौडेलको इजलासले तीन वर्ष जेल सजाय, २० हजार जरिवाना र ८ सय रुपैंया क्षतीपूर्तिको सजाय तोकेको थियो । उक्त फैसला कार्यान्वयनमा समेत आएको छैन ।

पहाडी २ महिना २७ दिन मात्र हिरासतमा बसेका छन । अदालतले तोकेको बाँकी सजाय कटान गर्न बाँकी रहेको सिन्धुली जिल्ला अदालतले गरेको फैसलामा उल्लेख छ । अदालतबाट सवारी अंगभंग मुद्दा फैसला भई सजाय तोकिए पनि मुद्दा चल्दा धरौटीमा छुटेका पहाडी फेरी पक्राउ परेका छैनन् ।

यता जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा रहेको क्षतिपूर्ति सम्बन्धि मुद्दा चालु अवस्थामा छ । पीडक र पीडित बीच भएको सहमति कार्यान्वयन नभएपछि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले उक्त मुद्दा फैसला गरेको छैन । सहमति अनुसार तीन किस्तामा पीडित पक्षलाई उपचारखर्च दिने उल्लेख भएको छ । ४ महिनाभित्र अर्थात २०८१ साउन महिनासम्म तीन किस्तामा रकम भुक्तानी गर्नुपर्ने भए पनि हालसम्म उक्त रकम पाउन नसकेको प्रनिशाले बताईन ।

विरामीलाई गेटमा लगेर राखेपछि प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले विरामीलाई अस्पतालमा नै राख्न र जोखिम नमोल्न विरामीका आफन्तलाई आग्रह गरेका छन । शर्माले पीडक पक्षलाई खोजी गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन । उनले भनेका छन, ‘प्रहरीलाई खोजी कार्यका लागि पटक पटक अनुरोध गरेको तर फेला नपरेकाले समस्या भएका हो । हामीले सकेसम्म छिटो समाधान खोज्ने छौं ।’

प्रहरीलाई पक्राउ गर्न पटक पटक पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले मंगलबार पनि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई पत्राचार गरेको छ भने पीडित पक्षसँग प्रहरी प्रमुख सहित छलफल समेत गरेको छ ।

फेसबुक मार्फत प्रतिकिया दिनुहोला
Previous Post

मदनभण्डारी राजमार्गमा कारको ठक्करबाट बालकको मृत्यु

Next Post

सुनकोशी–मरिण डाईभर्सनको बाँध र पावर हाउस निर्माणमा ढिलाई

सम्बन्धित खबरहरु

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग
Featured

बाढी पीडितलाई सिन्धुलीका सामुदायिक वनको आर्थिक सहयोग

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन
Featured

ऋषि पञ्चमी : धार्मिक मान्यता, चेतना र आधुनिकताको सन्तुलन

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा
Featured

तीजदेखि ऋषिपञ्चमीसम्म : परम्परा, चेतना र परिवर्तनको यात्रा

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?
Featured

अक्षर चिन्यौँ, जीवन कहिले चिन्ने ?

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित
Featured

सिन्धुलीमा बढे स्क्रव टाईफसका बिरामी, दुधौली र कमलामाई नगरपालिका अति प्रभावित

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग
Featured

बाढीपीडित पत्रकारलाई महासंघ बागमतीको आर्थिक सहयोग

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित
Featured

कमलामाई बहुउद्देश्यीय सहकारीको अध्यक्षमा कार्की निर्वाचित

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने
Featured

सिन्धुलीमा लाखे नाच : संकलित रकम रसुवा बाढीपीडितलाई सहयोग गरिने

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान
Featured

विपदलाई लक्षित गरि सिन्धुलीमा खुला रक्तदान

भर्खरै प्राप्त समाचारहरु

हाम्रो बारेमा

स्वागत छ तपाइंलाई ईसाझा नेपाल डटकममा! हाम्रो यस समाचार पोर्टलमा तपाइंलाई हाम्रो देश, विदेश, र विश्वका महत्त्वपूर्ण समाचारहरू प्रस्तुत गराइँछ…क्लिक गर्नुहोला

हाम्रो टिम

प्रकाशक: बिमला पाण्डे
सम्पादक: द्वारिका काफ्ले

सूचना तथा प्रसारण विभाग दर्ता नं. ४२१५-२०८०/२०८१

  • हाम्रो बारे
  • सम्पर्क
  • बिज्ञापन

© 2025 All Right Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • समाज
  • कला
  • बिजनेस
  • खेल
  • प्रविधि
  • विश्व
  • अन्तर्वार्ता
  • विचार
  • शिक्षा
  • स्वास्थ्य
  • साहित्य
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • प्रवास

© 2025 All Right Reserved.

Share via
Facebook
X (Twitter)
LinkedIn
Mix
Email
Print
Copy Link
Copy link
CopyCopied