सिन्धुली । छुट्टा छुट्टै घटनामा सिन्धुलीमा दुई जनाको मृत्यु भएको छ । मंगलबार तिनपाटन गाउँपालिका ११ आँपटारका ५६ वर्षका रुद्र बहादुर भट्टराईको लडेर मृत्यु भएको छ ।
सोमबार घरदेखि १ किलोमिटर पूर्व द्वारखोलाको पानीमा लडिरहेको र अचेत भएको अवस्थामा भेटिएका भट्टराईको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र लाम्पानटारमा मंगलबार बेलुका मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
यस्तै मंगलबार मरिणमा पानीको पोखरीमा डुवेर एक युवाको मृत्यु भएको छ । मरिण गाउँपालिका वडा नं. ५ बढी मुहानका १८ वर्षिय आवास वाईवाको पानीमा डुवेर मृत्यु भएको हो ।
घरदेखि एकसय मिटर उत्तरतर्फ रहेको निल कुमार वि.कको पानी पोखरीमा डुवेको अवस्थामा मृतककी आमाले फेला पािर उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटामा लगिएकोमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।





















