सिन्धुली । गुडिरहेको मोटरसाईकलमा ठोक्किएर मंगलबार राती सिन्धुलीमा मृग मरेको छ । कमलामाई नगरपालिका वडा नं. ७ बुक्का पुल नजिक विपी राजमार्गमा जंगलबाट सडकमा आएको मृग मोटरसाईकलमा ठोक्किएर मरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले बताए ।
उनका अनुसार भिमानबाट सिन्धुलीमाढी तर्फ आउँदै गरेको ज१२प४६६१ नम्बरको मोटरसाईकलमा जंगलबाट निस्किएको मृग ठोक्किएको थियो । मृगको घटना स्थलमै मृत्यु भएको छ ।
मृत्यु भएको मृग, ठक्कर दिएको मोटरसाईकल, मोटरसाईकल चालक कनपा ५ का कुलनारायण श्रेष्ठ र मोटरसाईकलको पछाडि सवार मनलाल श्रेष्ठलाई सिद्धेश्वर सव डिभिजन कार्यालयमा आवश्यक कारवाहिका लागि बुझाईएको एसपी काफ्लेले बताए ।





















