सिन्धुली । नेपाल निजामती कर्मचारी युनियन सिन्धुलीको अध्यक्षमा दिनेश कुमार पोखरेल निर्वाचित भएका छन । शनिबार सिन्धुलीमाढीमा सम्पन्न नवौं जिल्ला अधिवेशनबाट पोखरेल अध्यक्षमा निर्वाचित भएका हुन ।
अधिवेशनले पोखरेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्ष (खुला) मा युवराज खड्का, उपाध्यक्ष (महिला) मा रिता खड्का, समावेशी उपाध्यक्षमा रत्न तामाङ, सचिवमा दीपकराज अधिकारी, सहसचिवमा नवराज गौतम र कोषाध्यक्षमा जगदिश विक्रम कार्की निर्वाचित भएका छन ।
अधिवेशनले केन्द्रीय प्रतिनिधिमा राजकुमार महतरा, कल्पना अधिकारी, भरतजंग थापा, जयन्त कार्की र सूर्यप्रसाद घिमिरेलाई निर्वाचित गरेको छ भने प्रदेश प्रतिनिधिमा होमराज घिमिरे, कुमार थापा, हेरम्बराज अधिकारी, समिर पौडेल र सावित्री थपलिया निर्वाचित भएका छन ।
नेपाल निजामती कर्मचारी युनियनका निवर्तमान जिल्ला अध्यक्ष पदम कुमार श्रेष्ठको अध्यक्षता तथा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय कार्यवाहक अध्यक्ष उत्तमकुमार कटुवालको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको छ ।




















