सिन्धुली । विहिबार साँझ विपी राजमार्गमा हायस दुर्घटना हुँदा १२ जना घाईते भएका छन । काठमान्डौबाट जनकपुरतर्फ जाँदै गरेको बा३ख८४४५ नम्बरको हायस विपी राजमार्ग अन्तर्गत सुनकोशी गाउँपालिका ६ कानढुंग्रेमा दुर्घटना भएको थियो । दुर्घटनामा परि घाईते भएका पाँच जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
दुर्घटनामा परि घाईते हुनेमा ओखलढुंगाको सुनकोशी गाउँपालिका ६ की ३० वर्षिय सपना आले, ३ वर्षिय रियान्सी आले, धनुषा विद्या नगरपालिका ५ का २४ वर्षिय विवेक यादव, २१ वर्षिय रहित महत सिंह, धनुषा देवीचौरका ४० वर्षिय अरविन्द्र कुँवर, धनुषा पैथिया बजार ७ बस्ने २९ वर्षका मधु मण्डल र उनको छोरा १३ महिनाको बच्चा किसान मण्डल, धनुषाको जनकपुर महानगरपालिका २१ का २३ वर्षिय रिचवन नदाफ, जनकपुर २१ की २१ वर्षिय मोनिका नदाफ, महोत्तरी मण्डसिसवा नपा ६ का ५० वर्षिय राम बहादुर गाभी, सप्तरीका ५० वर्षिय निर्मल गुप्ता र धनुषा देवीचौरकी ७० वर्षिय शान्तीदेवी कलवार रहेका छन ।
घाईतेमध्ये धनुषा विद्या नगरपालिका ५ का २४ वर्षिय विवेक यादव, २१ वर्षिय रहित महत सिंह, धनुषाको जनकपुर महानगरपालिका २१ का २३ वर्षिय रिचवन नदाफ, जनकपुर २१ की २१ वर्षिय मोनिका नदाफ र सप्तरीका ५० वर्षिय निर्मल गुप्ताको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिए । गाडीमा सवार रहेका अन्य ६ जना सकुशल रहेको पनि काफ्लेले जानकारी दिए ।
उनका अनुसार घाईतेहरुको खुर्कोटको सुनकोशी अस्पतालमा उपचार भईरहेको छ । घाईतेमध्ये गम्भिर घाईते भएका पाँच जनालाई थप उपचारका लागि थप उपचारका लागि धुलिखेल रिफर गरिएको छ । गाडी चालकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान सुरु गरिएको पनि एसपी काफ्लेले बताएका छन । ब्रेक फेल भएर गाडी अनियन्त्रित हुँदा सडक छेउँको डिभाईडरमा ठोक्किएर दुर्घटना भएको उनले जानकारी दिए ।
गाडी दुर्घटना भई अवरुद्ध सडक पन्छाई एकतर्फी सुचारु समेत गरिएको प्रहरीले जनाएको छ । दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय खुर्कोटको प्रहरी टोली, सशस्त्र विपद वेश क्याम्प खुर्कोटको टोली र स्थानीयले घाइतेहरुको उद्धार गरेका थिए ।






















