सिन्धुली । माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सिन्धुली जिल्लाबाट ६७.०७ प्रतिशत उत्तिर्ण भएका छन् । ती मध्ये २० जनाले ४ जिपिए अंक सहित सर्वोत्कृष्ट अंक अर्थात जिल्ला प्रथम भएका छन् । दुई वटा सरकारी विद्यालय सहित ८ वटा विद्यालयका २० जना विद्यार्थीले सर्वोत्कृष्ट अंक ४ जिपिए ल्याएका हुन् ।

सामुदायिक तथा सरकारी विद्यालयतर्फ २ जना विद्यार्थीले ४ जिपिए ल्याए । गौमती माविका गुञ्जन बोम्जन र कमला मावि ढुंग्रेवासका युनिषा श्रेष्ठले ४ जिपिए ल्याए ।
यस्तै नीजि विद्यालयतर्फ १८ जनाले ४ जिपिए ल्याएका छन् । नीजि विद्यालय तर्फका भगवती अंगे्रजी मावि सिन्धुलमिाढीका ६ जना, न्यु सिद्धस्थली अंग्रेजी बोर्डिङ स्कुलका ६ जना, साईनिङमुन एकेडेमीका १ जना, जनता आवासिय मावि रातामाटाका १ जना, सिन्धु शुभप्रभात अंग्रेजी बोर्डिङ स्कुलका २ जना र लाम्पानटार अंग्रेजी बोर्डिङ स्कुलका २ जना गरि १८ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् ।
भगवती आवासिय माविका अन्विष दाहाल, कृष्टिना खड्का, अप्सा गौतम, पिंकी गुप्ता, श्रेषा अधिकारी र संयोजन कोईरालाले ४ जिपिए ल्याए । न्यु सिद्धस्थलीका अनमोल ठकुरी, कुसुम तामाङ, रिजन ठोकर, रिसव कडारी, सनिषा कार्की, सञ्जु थापाले ४ जिपिए प्राप्त गरेका छन् ।
यस्तै लाम्पानटार अंग्रेजी बोर्डिङ स्कुलका किशोर चौधरी थारु, प्रसन्सा पुर्वान्छे मगर, सिन्धु शुभप्रभातका दिक्षिका थिङ, सर्मिला कुँमर, साईनिङमुन एकेडेमीका अनिशा बल, जनता माविका शिवानी थापाले चार जिपिए ल्याएका छन् । सिन्धुलीबाट चार जिपिए ल्याउनेमा छात्राको संख्या धेरै छ । एसईईमा १४ जना छात्रा र ६ जना छात्रले ४ जिपिए ल्याएका हुन् ।

एसईईमा जिल्लाबाट ३.६ देखि ४ जिपिएसम्म ल्याउने विद्यार्थीको सङ्ख्या ४ सय ५५ रहेको छ । ३.२ देखि ३.६ सम्म जिपिए ल्याउने विद्यार्थी ३ सय ३४ जना, २.८ देखि ३.२ जिपिए ल्याउने ९ सय ९० जना, २.४ देखि २.८ जिपिए ल्याउने ९ सय ४८ जना २.० देखि २.४ सम्म ल्याउने १ सय ३१ जना रहेका छन् । यस्तै १ हजार ५ सय ४३ जना विद्यार्थी एनजी अर्थात ननग्रेड भएका छन् ।
ननग्रेड विद्यार्थीको प्रतिशत ३२ दशमलब ९३ प्रतिशत रहेको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीले जनाएको छ ।
जिल्लाबाट प्राविधिक धारतर्फ २३१ र सामान्यतर्फ ४ हजार ४ सय ५६ जना गरि ४ हजार ६ सय ८७ जनाले परीक्षा दिएका थिए । एसईईमा १५२ वटा विद्यालयले सहभागिता जनाएका थिए ।





















