सिन्धुली । नेपाल सरकारको सातामा दुई दिन विद्यालय विदा दिने निर्णय जिल्लाका तीन स्थानीय तहले नमान्ने भएका छन् । उनीहरुले सरकारले दिन थालेको आईतबारको विदा कटौती गरेका छन् ।
शैक्षिक गतिविधि प्रभावित हुन नदिने भन्दै जिल्लाका कमलामाई नगरपालिका, सुनकोशी गाउँपालिका र मरिण गाउँपालिकाले सरकारले दिएको आईतबार विदा नदिने भएका हुन् ।
शैक्षिक गतिविधि प्रभावित हुन नदिन भन्दै उनीहरुले पहिले जस्तै गरि हप्तामा ६ दिन विद्यालय सञ्चालन गर्ने निर्णय गरेका हुन् ।
स्थानीय तहको निर्णय र परिपत्रपछि तीन वटै स्थानीय तहका विद्यालयहरु आईतबार खुलेका छन् । युद्धको कारण देखाउँदै मन्त्री परिषदको बैठकले चैत २२ गते हप्तामा दुई दिन विदा दिने निर्णय गरेको थियो ।






















