सिन्धुली । पहिलो हुने निर्वाचन प्रणालीको मत परिणाम सार्वजनिक भएसँगै सिन्धुलीमा समानुपातिकतर्फको मतगणना सुरु गरिएको । क्षेत्र नं. १ को फिक्कलबाट र क्षेत्र नं. २ को सुनकोशीबाट मत गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीले जनाएको छ ।
क्षेत्र नं. १ को फिक्कल गाउँपालिका, गोलञ्जोर गाउँपालिका, तीनपाटन गाउँपालिका, दुधौली नगरपालिका र कमलामाई नगरपालिकाको मतगणना गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालय सिन्धुलीका अनुप आचार्यले बताएका छन् ।
उनका अनुसार क्षेत्र नं. २ को मतगणना सुनकोशी, घ्याङ्लेख, मरिण, हरिहरपुरगढी गाउँपालिका र कमलामाईको मतगणना गरिने छ ।
आईतबार साँझसम्म मत परिणाम आउने गरि मतगणना सुरु गरिएको उनले बताएका छन् ।





















