सिन्धुली । सुनकोशी नदीमा नुहाउन गएका बालक वेपत्ता भएका छन् । बुधबार दिउँसो साढे २ बजे गोलन्जोर गाउँपालिका वडा नं.६ हर्देनी पुल नजिक सुनकोशी नदीमा पौडी खेल्न गएका गोलन्जोर ६ हैबारबेसीका १७ वर्षिय सुमित कोईराला वेपत्ता भएका हुन् ।
उनी पौडी खेल्दा डुवेको सूचना पाएपछि प्रहरी र स्थानीयले खोजी जारी राखेका छन् । इलाका प्रहरी कार्यालय खुर्कोटको टोली र सशस्त्र पप्रहरीको गोताखोर टोलीले संयुक्त रुपमा खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घटना स्थल नजिकै उनले बोक्ने मोवाईल फोन फेला परेको समेत प्रहरीले जनाएको छ ।




















