सिन्धुली । निजामती सेवा दिवस २०८२ को पूर्वसन्ध्यामा सिन्धुलीमाढीमा रक्तदान कार्यक्रम गरिएको छ । कर्मचारी मिलन केन्द्र सिन्धुलीले बिहिबार आयोजना गरेको रक्तदान कार्यक्रममा १९ जनाले रक्तदान गरेका छन् ।
रक्तदान जीवन दान भन्ने मुल नाराका साथ भएको रक्तदान कर्मचारी मिलन केन्द्र सिन्धुलीको आयोजना र नेपाल रेडक्रस सोसाइटी सिन्धुली शााखाको प्राविधिक सहयोगमा भएको हो ।
कर्मचारी मिलन केन्द्र सिन्धुलीका कोषाध्यक्ष दीपकराज तिमल्सिनाको अध्यक्षता एवम् र जिल्ला प्रशाासन कार्यालय सिन्धुलीका प्रमुख दिनेश सागर भुसालको प्रमुख आतिथ्यतामा रक्तदान भएको थियो ।
विरामीहरुलाई रगत अभाव हुन नदिई जीवन जोगाउन योगदान दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको कर्मचारी मिलन केन्द्रका सचिव प्रविण कटुवालले जानकारी दिए । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले रक्तदान मानवीय सेवा मात्र नभई जीवन बचाउने महत्वपूर्ण कार्य रहेको बताए ।




















