सिन्धुली । उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीको आयोजनामा हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर ४, हाकपारामा बिहिबारदेखि २० दिने डम्फु बनाउने तालिम सुरु भएको छ ।
तामाङ समुदायको सांस्कृतिक एवम परम्परागत बाजा डम्फु बनाउने तालिम सुरु भएको उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुख ध्रुवप्रसाद ढकालले बताए । उनले युवाहरुलाई स्वरोजगार बनाउने र सांस्कृतिक बाजाको संरक्षण गर्ने उद्देश्यले तालिम दिईएको ढकालले बताए ।
बिहिबार हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईवाले तालिमको उद्घाटन गरेका छन । तालिममा स्थानीय तामाङ समुदायका २० जनाको सहभागिता रहेको छ । तालिममा लिलाबहादुर स्याङ्तानले प्रशिक्षण दिईरहेका छन ।
तालिमको उद्घाटन गर्दै हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले तालिमले परम्परागत बाजाको संरक्षणसँगै बाजा बनाउने सीप विकास गरी उद्यमशीलता प्रवद्र्धन हुने आशा लिएको बताए ।





















