सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ६ भित्र रहेका विद्यालयबाट ४ जिपिए सहित माध्यामिक शिक्षा परीक्षा (एसईई) उत्तिर्ण गर्ने दुई जना विद्यार्थीलाई वडा कार्यालयले सम्मान गरेको छ ।
कमलामाई नगरपालिका वडा नं. ६ को कार्यालयले शनिबार सूर्योदय अंग्रेजी आवासिय माविका छात्रा सुजता भुजेल र छात्र सुमन बस्नेतलाई सम्मान गरेको हो ।
वडा नं. ६ का अध्यक्ष उज्ज्वल कुमार थापाले उनीहरुलाई २ हजार नगद र सम्मान पत्रले सम्मान गरेका हुन । विद्यार्थीलाई सम्मान गर्दै वडाअध्यक्ष थापाले शिक्षालाई थप प्रभावकारी बनाउन वडा कार्यालय प्रतिवद्ध रहेको बताए ।






















