सिन्धुली । प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सव २०८१ को समापनका अवसरमा मंगलबार जिल्लाका तीन जना पत्रकार सम्मानित भएका छन । सिन्धुली खबरका गंगा विशुंखे, पालिका आवाजका आस्था विश्वकर्मा र रेडियो विजयकिल्लाका कविराज तामाङ सम्मानित भएका हुन ।
उनीहरुलाई तेह्रौं राष्ट्रपति रनिङ शिल्ड तथा प्रथम जिल्ला स्तरीय खेलकुद महोत्सवको समापन समारोहमा खादा र प्रमाणपत्र सहित सम्मान गरिएको हो । महोत्सवमा समाचार सम्प्रेषणमा उत्कृष्ट योगदान गरेको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।
फागुन ५ गतेदेखि १३ गतेसम्म निरन्तर फिल्डमा खटेर समाचार संकलन तथा सम्प्रेषण गरेका उनीहरुलाई सम्मान गरिएको मिडिया संयोजक जिवी श्रेष्ठले बताए । उनीहरुलाई प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन), प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्मा र जिल्ला खेलकुद विकास समिति सिन्धुलीका अध्यक्ष विर बहादुर थिङ तामाङ (विशाल) ले संयुक्त रुपमा सम्मान गरेका थिए ।
उक्त कार्यक्रममा महोत्सवमा सहयोग गर्ने सरकारी निकायहरु, गैह्रसरकारी निकायहरु, नीजि क्षेत्र, खेलकुदसँग सम्बन्धित संघसंस्थाहरु, व्यक्तिहरु लगाएतलाई सम्मान गरिएको थियो ।























