सिन्धुली । जिल्लाको मुख्य बजार क्षेत्रका रुपमा विकास हुदै आएको भिमान बजारका होटल व्यवसायीहरुलाई विहिबार एकदिने खाद्य सुरक्षा सम्बन्धि तालिम दिईएको छ ।
कमलामाई नगरपालिका वडा नं. ९ मा रहेको भिमान बजार र आसपासका होटल, रेस्टुरेन्ट तथा क्याटरिङ सञ्चालकहरुलाई खाद्य सुरक्षा सम्बन्धि तालिम दिईएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीको आयोजना, कमलामाई नगरपालिका वडा नं. ९ को कार्यालय तथा होटल व्यवसायी संघ सिन्धुलीको समन्वयमा तालिम दिईएको हो ।
उनीहरुलाई होटेल, रेस्टुरेन्टमा अपनाउनुपर्ने खाद्य सुरक्षा तथा होटल रेस्टुरेन्ट स्तरीकरण निर्देशिकाका बारेमा तालिम दिइएको हो ।
तालिमको सहजीकरण खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका प्रमुख पुष्पलाल राईले गरेका थिए । तालिममा ३१ जना होटल व्यवसायीहरुको सहभागिता रहेको थियो ।





















